मेलम्चीमा विपद् पोर्टल तालिम


जनतापत्र, मेलम्ची ।
मेलम्चीमा विपद् पोर्टल सम्बन्धि २ दिने तालिम सुरु भएको छ ।
समुदायमा आधारित पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत उक्त तालिम मेलम्चीमा सुरु भएको हो ।
सामुदायिक विकास तथा संरक्षण मञ्च नेपालको आयोजना र प्राक्टिकल एक्सनको सहयोगमा सो तालिम सुरु भएको हो ।
तालिमको उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले विपदको हिसावले यस भेग प्रभावित रहेको जानकारी दिनुभयो ।
उहाँले यसको न्यूनीकरणका लागि संघ संस्थाको प्रयास सरहानिय भएको जानकारी दिनुभयो ।

उहाँले तालिम लिएपछि यसको कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
बर्षा सुरु भएपछि सडक, बस्ती असुरक्षित हुने बताउँदै स्थानीय सरकारको स्रोत एकदमै कम हुँदा स्थानीय सरकार एक्लैले विपद् व्यवस्थापन गर्न नसक्ने भएकाले संघ , प्रदेश सरकारले सहयोग गर्नुपर्ने जानकारी दिनुभयो ।

तालिमको उदेश्यबारे प्राक्टिकल एक्सनका प्रोजेक्ट म्यानेजर विना खड्काले जानकारी दिनुभयो ।
पुर्व सुचना प्रणालीले ज्यान जोगाउन सहज हुने उहाँले बताउनुभयो । संस्थाको सहयोगमा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र संचालन लगायत कार्य गरिएको उहाँले बताउनुभयो ।

२ फाल्गुन २०८१, शुक्रबार १३:०६