/*php the_title();*/?>

जनतापत्र, मेलम्ची ।
बहुआयामिक छात्राबासको शिलान्यास गरिएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङद्धारा मेलम्ची नगरपालिका ९ मा रहेको क्यौलेठाना आधारभूत विद्यालयको छात्रावास भवनको शिलान्यास गरिएको छ । आज उक्त भवनको शिलान्यासकार्य सम्पन्न गरिएको हो ।
नगरपालिकाले दिएको जानकारी अनुसार, करिब ६ करोड लागतको डिपिआर तयार भएको उक्त छात्रावास बहुआयामिक हुने र यस वर्ष नगरपालिका बाट विनियोजित ६५ लाखबाट काम हुने भएको हो ।
भवनको शिलन्यास कार्यक्रममा बोल्दै नगरप्रमुख तामाङले उक्त स्थानमा बन्ने बहुआयामिक छात्रावास विद्यालयका विद्यार्थी लाई मात्र नभई गुफाडाँडा घुम्न आउने पर्यटकका लागि समेत सेवा दिने गरी निर्माण हुने जानकारी दिनुभयो ।
यस वर्षबाट सुरु भएको निर्माण कार्य आगामी वर्षहरूमा पनि निरन्तर बजेट विनियोजन गरी सम्पन्न गर्ने योजना रहेको नगरपालिकाले बताएको छ ।
शैक्षिक अवस्था सुधार लगायत पर्यटन प्रवद्र्धनका लागि समेत टेवा पुग्ने विश्वास छ।
निर्माणको जिम्मा एस.एस.डि कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले पाएको छ। ५१ लाख ४५ हजार एक सय छयानब्बे रुपैयाँ छपन्न पैसा मा सम्झौता भएको छ । यस आर्थिक वर्षको काम २०८२ सालको जेठ मसान्तभित्र गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
२१ चैत्र २०८१, शुक्रबार ०८:३२