/*php the_title();*/?>


जनतापत्र, सिन्धुपाल्चोक
प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले आठौं चरणको कार्यक्रम अन्तर्गत दुईवाट विवाद रुपान्तरण गरेको छ । संस्थाले सम्वृद्धिका लागि संगसंगै भन्ने अभियान अन्तर्गत यो चरणमा दूईवटा विवाद रुपान्तरण भएको र ३ वटा विवाद प्रकृयामा रहेको संस्थाका राष्ट्रिय श्रोत व्यक्ती नेत्रप्रसाद धितालले वताएका छन् ।
ईन्द्रावती गाउँपालीका वडा नं. ५ मा रहेको प्यूघर बागमारा सामुदायिक वन समूहमा भएको आर्थिक गतिबीधि तथा समुहको आन्तरिक सुशासन सम्वन्धि द्वन्द्व रुपान्तरण भएको छ । विकल्प पारितको संयुक्त बैठकबाट सो विवादमा सहमति भएको हो । सो संयुक्त बैठकमा ईन्द्रावती गाउँपालीकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममलाई सम्वोधन गर्दै अध्यक्ष नेपालले विवाद रुपान्तरणमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको उच्च भूमिका रहेको बताए । उनले समाजका हरेक क्षेत्रमा विवाद हुने र त्यसलाई संवाद तथा छलफलको माध्यमवाट सहमतिमा पुग्न सके दिगो हुने बताए । सो संयुक्त बैठमा न्यायिक समिति सदस्य क्षेत्रबहादुर तमाङ लगायत स्थानीय जनप्रतिनिधिहरु , सवडिभिजन वन कार्यालयका प्रतिनिधि , सरोकारवाला निकाय उपस्थीति रहेको थियो ।
सहमतिका १० बुँदा
१ लामो समय देखी हुन नसकेको प्यूघर बाघमारा सामुदायिक वन समुहको साधारण सभा तथा अधिवेशन मिती २०८१ साल फगुन २५ गते द्वन्द्व रुपान्तरण प्रक्रिया अन्तरगत गरिने बिकल्प पारीतको संयुक्त बैठक कै दिन सम्पन्न गर्ने ।
२. प्युघर बाघमारा सामुदायिक वन समुहको बिधान तथा कार्ययोजना प्रकृया गत रुपमा तयार गर्ने । बिधान तथा कार्ययोजना तयार गर्दा सबै उपभोक्ता संग छलफल गरेर मात्र तयार गर्ने र अनुमोदन गराउने ।
३. वन समुहको आथिक गतिबिधि बैक माफर्त संचालन गर्ने । वन समुहको स्रेस्ताहरु चुस्त दुरुस्त बनाई दर्ता चलानी, छाप, लेटरप्याड, नगदी रसिद लगयत कागज पत्र, रजिष्टर, बिल भर्पाइ तथा टाँचा ब्यबस्थित गदैं कार्यालय संचालन गर्ने ।
४. स्वीकृत वन कार्ययोजनामा उल्लेख भएको ब्लक सिष्टम अनुसार बनको वन पैदावार समानुपातिक हिसावले प्रयोग गर्ने । आफुले प्रयोग गर्न लिएको काठ कसैले पनि किन बेच नगर्ने ।
५. सामुदायिक वनको स्वीकृत विधान तथा कार्ययोजनाका बारे सचेतनाका कार्यक्रमहरु संचालन गर्ने । वन सीमानामा होडिङबोडहरु राख्ने ।
६. हालसंमको वन समुहको आय ब्याय बिबरण कार्य समितिले साधारण सभामा प्रस्तुत गरी सबैलाई जानकारी गराउने ।
७. वनको सुंक्षण गर्नको लागी पालेको व्यवस्था गर्ने । वन अपराध नियन्त्रणको अवश्यकता अनुसार समितिको निणर्य अनुसार सुराकीको व्यवस्था गर्ने ।
८. बिधान तथा कार्ययोजनामा उल्लेख भए बमोजिमको वनको सिमाना र क्षेत्रफलको सबै उपभोक्तालाइ जानकारी गराउने ।
९. कार्य समिति र उपभोक्ताहरु बीच भाईचाराको सम्वन्ध कायम गरी आवश्यकता अनुसार वनका हरेक गतिवीधिमा सहभागि हुने ।
१० माथी उल्लेखित वुदाँहरु निर्धारित समय सिमा भित्र कार्यन्वयन गर्न गराउन हामी सवै पक्षले इमान्दारिताका साथ लागी पर्ने छौं ।
यो सहमति पश्चात कार्यसमिति र उपभोक्तावीच एक मन र एकता भएको छ । सहमति अनुसार साधारण सभा भई नयाँ नेतृत्व समेत निर्माण भएको छ । आर्थिक गतिवीधिका सन्दर्भमा कार्यसमितिले हाल सम्मको कारोवार उपभोक्ताई सामु प्रस्तुत गरेको छ भने उपभोक्ताले अनुमोदन गरेका छन् ।
केही समय अगाडी इन्द्रावति गाउँपालिका ९ मा वनको विवाद मिलेको थियो । पालेको रुम्टी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक गतिविधि तथा सुशासन सम्बन्धि विवाद मिले संगै सोही पालिकाका अध्यक्ष झम्क नेपालले संस्था प्रति आभार व्यक्त गरेका छन् ।
द्वन्द्व रुपान्तरण प्रकृया अन्तर्गत भएको विकल्प पारितको संयुक्त वैठकमा वोल्दै अध्यक्ष नेपालले विवाद रुपान्तरणमा माकुरा र द्वन्द्व रुपान्तरणका सहजकर्ताले खेलेको भूमिका महत्वपुर्ण रहेको बताए । पालिकाभित्रका वनको विवादमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणको भुमिकाले सामुदायिक बन समुहहरुमा नयाँ जागरण आएको उनले बताएका थिए ।
संस्थाले जिल्लाको मेलम्चि नगरपालीका वडा नं. १३ मा रहेको डुडेको सालघारि सामुदायिक वनमा भएको स्रोत उपयोग तथन नेतृत्व सम्बन्धि द्वन्द्व, हेलम्बु गाउँपालिका वडा न ४ मा रहेको फुर्केसल्ला सामुदायिक वन समूहको श्रोत उपयोग र नेतृत्व सम्वन्धी द्धन्द्ध र सुनकोशी गाउँपालिका ६ स्थीत ८ किलो देउराली सडक सम्वन्धी समस्यामा सहजिकरण भइरहेको छ ।
२७ फाल्गुन २०८१, मंगलवार ०६:०१