/*php the_title();*/?>

जनतापत्र, त्रिपुरा सुन्दरी
नेपाली काङ्ग्रेसले प्रशिक्षण कार्यक्रम गरेको छ ।
नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरी वडा न ४ पिस्करमा बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बिहिवार गरेको हो ।
उक्त बृहत् कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सचिव भक्तध्वज बोहराले उद्घाटन गरि कार्यक्रम सुरु भएको नेपाली काङ्ग्रेस त्रिपुरासुन्दरीका पालिका सचिव लालबहादुर श्रेष्ठको भनाई छ ।
इतिहासमा पहिलोपटक जितेको ४ नम्बर वडा पिस्करमा जन चाहना अनुसारको बिकासले गति लिएकोमा स्थानीयले खुसी प्रकट गरेका थिए।
विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लहर नै चलेको थियो। वडा अध्यक्ष टेकबहादुर गुभाजुले जहाँ समस्या त्यहा वडा अध्यक्ष भने झै स्थानीयको हरेक सुखदुःखमा साथ दिने जानकारी दिनुभयो ।
स्थानीयको जनचाहना अनुसार काम गरेको र अब कामको मुल्यांकन जनताले गर्नुपर्ने कार्यक्रममा जिल्ला सचिव भक्तध्वज बोहराले बताउनुभयो ।
पालिकाले स्वास्थ ,शिक्षा ,भौतिक बिकास देखि बिपत्ति तथा आयआर्जनको कार्यक्रममा टेवा पुर्याउन तालिम तथा अन्य सहयोग गरेको चर्चा गर्दै स्थानीयको चाहना अनुसार योजना बनाइ कार्यन्वयन गर्न आफू सधै लागिरहेको बताउनुभयो ।
१० फाल्गुन २०८१, शनिबार १२:२६