दुई महिला उद्यमी सम्मानित


जनतापत्र, चौतारा ।

दुई महिला उद्यमी सम्मानित भएका छन् । दसौँ उद्योग उद्योग दिवसको अवसरमा सिन्धुपाल्चोकका महिला उद्यमी सम्मानित भएका हुन् ।
सम्मानित हुनेमा लप्सी क्यान्डि उद्योग संचालक सावित्री कार्की दंगाल र सिम्ले रिभर भ्यु होटलका संचालक तुलसा गिरी रहेकी छिन् । उनिहरुलाई उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकले सम्मान गरेको हो ।
कार्यलय प्रमुख त्रिपुरारी बख्रेलका अनुसार, उनिहरुलाई उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको बार्षिक स्वीकृत औद्योगिक प्रबर्द्धन प्याकेज कार्यक्रम मार्फत सम्मान गरिएको हो ।

सम्मानित भएका गिरी र दंगाल लामो समयदेखि उद्यमी भइ हाल सम्म नि कार्यरत रहेका छन् ।
अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान घटिरहेको बेला महिला उद्यमीको योगदानले आयआर्जन र रोजगार
ी बढाउन सहयोग पुग्ने छ ।

१० मंसिर २०८१, सोमबार ११:२८