/*php the_title();*/?>

रामबहादुर सुनार
नेपाल उत्पीडित जातिय मुक्तिसमाज नेपाल उत्पीडित उ
पेक्षीत र राज्यको मूल प्रवाहमा प्रभावित हुन नसकेका वा नगराईएका दलित मुक्तिको निम्ति संचालित संगठन हो । यसको आगामी बैंशाक २७, २८ र २९ गते काठमाण्डौंमा सातौं राष्टिय सम्मेलन गर्नगईरहेको छ । ऐतिहासिक र गौरब पूर्ण विगत भएकै कारण यो संगठनको लोकप्रियता चुलीदै गएको छ । इतिहासमा यस संगठन केहि खास कारणले भएको भएतापनी आज नेपाली समाज दिर्घकालीन रुपान्तरणको सपना बोक्दै अगाडि बढीरहेको छ । समयको माग संगै हिडन सक्नु दलित आन्दोलनको खास विशेषता हो । मूलुकले भोगेको साना ठूला हरेक परिवर्तनकारी आन्दोलनहरुमा दलितहरुको सहभागिता कति र कस्तो थियो भन्ने कुरा विगतका तथ्यहरु अध्ययन गर्दा काफी छ ।
प्रगतिशिल रुपान्तरणको पक्षमा स्थापना कालदेखि नै आफुलाई उभ्याउदै अघि बढेको दलित आन्दोलन लाखौं लाख शोषीत पिडीत दलित समुदायको मुक्तिका खातीर लडिरहेको लडाई अझै निश्कर्षमा पुग्न सकिरहेको छैन् । दलित आन्दोलनका संलग्नतामै सम्पन्न भएका ठूला–ठूला आन्दोलनहरुबाट समेत हामीले उठाउर्दै आएको खास मुद्धा प्रभाबकारी ढंगले कार्यन्वायन हुन सकिरहेको छैन । हामी सोचेजस्तो गरि मूलुकको राष्ट्रिय राजनीतिले गति लिन सकिरहेको छैन । हामी हाम्रो पूर्खाको रगतले ईतिहास रचेको दलित आन्दोलनको विगत प्रति गर्वमात्रै गरेर अब अगाडि बढन सक्दैनाउ । स्थापनाकालको नेपाली समाज र त्यतिबेलाको सामाजिक चेतना संग वर्तमान सामाजिक परिभेष र जनताको चेतनाको स्तरलाई दाजेर नयाँ कार्यक्रम ल्याउनु पर्ने देखिन्छ ।
कानूनमा दलित आन्दोलनको सुनिश्चीत हुनुपर्छ भनेर हिजो गरेको दलित आन्दोलन अब हाम्रा लागि अध्ययनका विषय हुन सक्छन् । तर कार्यन्वायनको विषय हुन सक्दैनान् । किनकि फेरिएको राजनीतिक र सामाजिक परिभेषले हामीलाई अझ थप उन्नत ढंगले सोच्न बाध्य बनाएको छ । त्यसकारण ईतिहासको गहिरो अध्ययनर अनुभव संगाल्दै वर्तमानमा दलित आन्दोलनलाई नयाँ पन दिनु जरुरी छ । दलित आन्दोलनमा नयाँ पन दिलाउन यसका लक्ष, भावि कार्यक्रम, संगाठानीक आचरण, सँगाठानीक संरचना र नेतृत्व निर्माण जस्ता केहि मुलभूत पक्षमा जमेर वहस चलाउन जरुरी छ ।
दलित आन्दोलन उत्पीडित उपेक्षीतहरुको आशा भएकाले यसले अंगाल्ने आन्दोलनको कार्यदिशा र यसले उठाउने मुद्धाहरुको सान्दार्भीकतालेमात्रै लाखौ लाख दलितहरको आशा र भरोसाको केन्द्र बन्न सक्छ । दलित आन्दोलनमा नयाँ पन निर्माणको वहस चलाउदै गर्दा हामी माथि उठने गरेका हरेका प्रश्नको जवाफ र समाधान खोज्नु अनिवार्य छ ।
यस प्रति सचेत वन्नै पर्छ । खास गरी हामीले ध्यान दिनुपर्ने कुरा भनेको कार्यकर्ताले नेतृत्वको कार्यशैली पछ्याउछन् । नेतृत्व जस्तै हुन खोज्छन । त्यसो भए कस्तो हुनुपर्छत नेतृत्व तसर्थ दलित आन्दोलनको यात्राका लागि मूलभूत विषयहरु तय गर्नु जरुरी छ ।
समाजमा क्रिर्याशिल हरेक संगठनको गरिमा र उचाई संग आन्दोलनको नेतृत्व गरेका व्यक्तिहरुको क्षमता, योग्यता, जीवन शैली, आचरण र दृष्टिकोण अनिवार्य रुपमा गासिन्छ । नेतृत्व तहमा राम्रो र सक्षम व्यक्ति हुदा संगठन (आन्दोलन) राम्रो र सक्षम जस्तो देखिन्छ । वास्तवमा संगठनका लागि राम्रो नेतृत्वकर्ता ती व्यक्तिहरुमात्र हुन सक्छन जसले संगठन (आन्दोलन) जसले नीति भित्र भित्र रहेर काम गर्दै अगाडि बढे ।
अपराधिक गतिविधि, अराजकता र नेताकै फेर समातेकै भरमा आक्कल झुक्कल कोही नेतृत्वमा पुग्लान तर त्यो प्रविधिप्रति सचेत कार्यकर्ताहरु कन्भीन्स हुन सक्दैनान् । त्यसकारण नेतृत्वको निर्माण सम्बन्धी बहस चलाउनु पूर्व सक्षम कार्यकर्ता निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । यसका लागि नेतृत्वमा आउने व्यक्ति सम्बन्धी आन्दोलनको अभियान कर्ता भए नभएको तथ्य बुझेर मात्रै उसलाई नेतृत्वको जिम्मेवारी दिनुपर्छ । कमिटीको सदस्य लगाएत हरेक पधाधिकारी निर्बाचित हुन निश्चित मापदण्ड पूरा गरेको हुनुपर्दछ । यसका साथै संगठनको अनुशासन र नीतिको पक्षमा काम गरे नगरेको बुझि गलत आचरण भएकालाई कमिटीकै बंैठकमा आउन बन्देज गरिनु पर्दछ ।
विगतमा दलितआन्दोलनको मुद्धाको साथसाथै राजनीतिक व्यबस्था परिवर्तनको मुद्धालाई प्रथामिकता दिदै आएको थियो । अब राजनीतिक परिवर्तनको कार्यन्वायनको मुद्धामा केन्द्रीत गरेर अगाडि बढन पर्ने देखिन्छ । अन्यथा दलित आन्दोलनको शाख जोगाउन गाह्रो छ ।
परिवर्तीत अबस्थामा संघिय राज्य अनुशारको आन्दोलनको नीति तर्जुमा गर्नु पर्दछ । विदेशी संघ संस्थाले नेपालमा दलितहरुकालागि भनेर गरेको लगानी कतिको उपलब्धी मूलक छ ? राज्यले गरेको लगानी कती उपलब्धी मूलक छ ? शैक्षिक राजनीतिक क्षेत्रमा दलितहरको अबस्था कस्तो छ ? छैन यस्ता क्षेत्रमा देखियको समस्याकोसमाधान गर्ने कुरामा विशेष पहलकदमी गर्नु पर्ने देखिन्छ ।
सामाजिक आर्थिक रुपान्तरणको लागी संस्कृतिक पूनजागरण राष्टिय अभियानको नेतृत्व दलित आन्दोलले गर्ने , आउदै गरेको नयाँ पुस्तालाई आकर्षण गरि राष्ट्रिय मनो विज्ञानमा देखिन गएको कमजोर राष्टप्रेम, गंभिर किसिमको विदेश पलाएनलाई रोक्न दलितआन्दोलनले राष्ट्रिय अभियान चलाउन जरुरी छ । कमजोर र हिनताबोध बाट ग्रसीत आम नेपालीलाई प्रभावित हुन नदिनु हामी जस्तो गतिशिल संगठनको काम हो ।
हजारौं दलितहरु काम वा श्रमको लागी र स्थाई वसोवासको लागि विदेश जाने क्रम वढदो छ । हामी युवा विहिन अबस्थामा रोक्न अभियान चलाउन जरुरी छ । राज्यको स्रोत साधन उपयोग गरि क्षेमता वान बनेका दलितहरुलाई डिभी, पिआर, ग्रिन कार्डमार्फत बौधिक चोरी गर्ने कार्यको अब हामी कडाईका साथलाग्नु जरुरी छ । हाम्रो समाजमा रहेको अन्धविश्वासलाई समाप्त गरी विज्ञानलाई स्थापित गर्नुपर्दछ । ऐतिहासीक कालखण्डमा विभिद परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्ने तर हासील गरिएका उपलव्धीको कार्यन्वायन तथा निरन्तरताको वास्ता तथा निरिक्षण नगर्ने प्रविधिको अन्त्य गर्न जरुरी छ ।
२ चैत्र २०८१, आईतवार १२:३६