जनचेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न


जनतापत्र, लिसंखुपाखर ।
बालबिवाह अन्त्यका लागि समुदाय परिचालन कार्यक्रम सम्बन्धि जनचेतनामुलक सडक नाटक कार्यक्रम सम्पन्न भएको छ ।
लिसंखुपाखर गाउपालिकाको आयोजना र आर्जन ईन्टरटेन्टमेन्ट एण्ड एडभरटाजिङ काठमाडौंको सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
गाउपालिकाको चार वटा बिद्यालयहरुमा

सडक नाटक प्रदर्शन गरिएको हो ।
वडा नं २ को बुद्धोदय माबि लिसंखुमा, वडा नं ५ को निगाले माबिमा, जेठल स्थित श्री सम्पदा माबि र श्री ककलिङ हरिसिद्वी माबी ठुलोपाखरमा भएको सडक नाटक सम्पन्न भएको हो ।
नाटकमा बालबिवाह गर्दा उत्पन्न समस्या , बालबिवाह हुनका कारणहरु र बिद्यालयमा आफ्नो बालबालिका प्रतिको अभिभाबकहरुको भुमिका सम्बन्धि कुरा समेटिएको थियो ।
सडक नाटक राष्ट्रिय स्तरका टेलिश्रीखंलाका ख्यातिप्राप्त कालाकारहरुको सहभागीतामा भएको हो । कानून त २० बर्ष भन्द कम उमेरमा बिवाह गर्न नमिल्ने भएता पनि कतिपय अबस्थामा बालबालिकाहरु आफै त कतिपय अबस्थामा अभिभाबकहरुले बालबिवाह गराईदिने गरेको पाईन्छ । बिशेष गरेर पछिल्लो समय बालबिवाह हुनका कारणहरु मोवाईल तथा ईन्टरनेटको दुरुपयोग प्रमुख बाधक बनेको विभिन्न अध्यायनहरु मार्फत प्रस्ट हुन आएको छ ।

१ फाल्गुन २०८१, बिहीबार १२:२१