एमाले चौतारा सांगाचोकगढी नगर कमिटीको अध्यक्षमा दिपक नेपाल

जनतापत्र, सिन्धुपाल्चोक ।
नेकपा एमाले चौतारा सांगाचोकगढी नगर कमिटीमा पदाधिकारीको टुंगो लागेको छ । दोस्रो अधिवेशनवाट पदाधिकारीमा लामो समयको छलफल पछि सहमत भएको हो । कमिटीको अध्यक्षमा दिपक नेपाल, उपाध्यक्षमा जीबनकृष्ण नेपाल, सचिबमा दिलिप बस्नेत र स–सचिब सिद्धार्थ गिरी र रिना श्रेष्ठ रहने गरि सहमति भएको छ ।
धेरैको उम्मेद्वारी भएपनि लामो समयको सम्वाद पछि यो सहमति भएको जिल्ला कमिटी सदस्य उद्धव नेपालले जानकारी दिए ।

२८ फाल्गुन २०८१, बुधबार ०२:०७