/*php the_title();*/?>

जनतापत्र, चौतारा ।
नेकपा एमाले, चौतारा साँगाचोकगढी नगरपालिका कमिटीले दोस्रो अधिवेशन गर्दैछ । फागुन ११ गते चौताराको टुडिँखेलमा हुने अधिवेशनमा सो पार्टीका केन्द्रीय महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने आयोजकले बताएको छ ।
केन्द्रीय स्तरका कलाकार सहित बिविध साँस्कृतिक कार्यक्रमको साथमा हुने सो कार्यक्रममा नगरभित्रका सवै नेता तथा कार्यकर्तालाई उपस्थीतिको लागि नगरपार्टी अध्यक्ष खिलबहादुर श्रेष्ठले अनुरोध गरेका छन्।
पार्टी निर्माणका लागि जरा अभियानसहित जनतामाझमा पुगेको एमालेले पछिल्ला गतिवीधिले उत्साह थपिरहेको अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ।
सो नगरभित्रका १५० भन्दावढी प्रतिनीधि वडा वडावाट छनौट भएर आएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए । अधिवेशनको सवै तयारी पुरा भएको समेत श्रेष्ठले जानकारी दिए ।
जिल्लाकै महत्वपुर्ण नगरपालिकाको पार्टी नेतृत्वमा को आउने भन्ने कुरालाई महत्वका साथ हेरिएको छ । पछिल्लो समय चौतारा साँगाचोकगढी नगरपालिका भित्र पार्टी गतिवीधि द्रुत गतिमा अघि वढीरहेको बुझिएको छ ।

१० फाल्गुन २०८१, शनिबार ०२:२३