/*php the_title();*/?>
काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७०.३१ अंकले घटेर २ हजार ७ विन्दुमा ओर्लेको छ । अघिल्लो दिन १ सय १७ अंकले बढेको बजार मंगलबारसम्म पनि टिकेन । जसका कारण मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ ।
७० अंकले घट्यो नेप्से, सवा ४ अर्बको सेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय १३ वटा कम्पनीको घट्यो भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो । सो दिन ६९ हजार २ सय ८ वटा कारोबारबाट १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच भए ।
२२ फाल्गुन २०८०, मंगलवार १३:५३