/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक, – हेलम्बु गाउँपालिका–४, चिलाउनेघारीस्थित एकीकृत सिकाइ केन्द्रमा ६०१औं BTC (Basic Training Course) र ४४३औं PTC (Preliminary Training Course) स्काउट आधारभूत तालिम सुरु भएको छ।
तालिमको उद्घाटन कार्यक्रम हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अप्सरा लम्साल लामिछानेले गर्नुभयो।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेश कार्यकारी समितिका प्रदेश सह-प्रमुख आयुक्त मिना देवी श्रेष्ठ, सहायक राष्ट्रिय प्रशिक्षक राजेश गाईजु, स्थानीय स्काउट कार्यालय मेलम्चीका प्रमुख आयुक्त सुनिल कुमार भण्डारी, शैक्षिक पद्धति आयुक्त लेखनाथ भट्टराई, नेपाल रेडक्रस सोसाइटी हेलम्बु शाखाका अध्यक्ष रामहरि लामिछाने र कोषाध्यक्ष श्यामसुन्दर लामिछाने, खेलकुद विकास समिति संयोजक सुनिल तामाङ, तथा मेलमिलाप संयोजक गोसर बहादुर कार्की लगायतको विशेष उपस्थिति रहेको थियो।

जेठ १४ गतेदेखि सुरु भएको यो तालिम जेठ १९ गते सोमबारसम्म सञ्चालन हुनेछ।
तालिमको उद्देश्य युवा तथा बालबालिकामा नेतृत्व, आत्मनिर्भरता, समस्या समाधान क्षमता, देशभक्ति, सहिष्णुता, आपसी सद्भाव, र जिम्मेवार नागरिकताको भावना विकास गर्नु रहेको छ। साथै, उनीहरूलाई शारीरिक, बौद्धिक, सामाजिक, भावनात्मक र आध्यात्मिक रूपमा समग्र विकास गर्दै नैतिक तथा चारित्रिक गुणहरू प्रदान गर्ने लक्ष्य लिइएको छ ।
१७ जेष्ठ २०८२, शुक्रबार ११:३०