/*php the_title();*/?>
जनतापत्र, चौतारा
नेपाल तेक्वान्दो संघको नियमित कार्यक्रम अनुसार हिराहरी तेक्वान्दो डोजाङ्ग चौतारामा प्रशिक्षणरत तेक्वान्दो खेलाडीहरुको जुनियर ग्रेडिङ व्गलष्यच द्यभति एचयmयतष्यल त्भकत सम्पन्न भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा न. ५ का वडा सदस्य रामबहादुर घलेको प्रमुख आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको छ । सिनियर खेलाडीहरु बिजय तामाङ , कुशल ढुंगाना, सचिन तामाङ, सलिना चुवान , बिजय श्रेष्ठ तथा अभिभावकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
साथै कार्यक्रममा सिनियर खेलाडीहरुको प्रमाणपत्र पनि वितरण गरिएको थियोे ।
ग्रेडिङमा पहेँलो हरियो पेटीतर्फ रबिन लामा डबल प्रमोसन र अन्य सहभागीहरु उतिर्ण हुन भएको छ ।
कार्यक्रम डोजाङ्गका संस्थापक तथा डोजाङ्ग प्रमुख रमेश गुरुङले सन्चालन गर्नुभएको थियो ।
५ फाल्गुन २०८१, सोमबार १२:४८