/*php the_title();*/?>

जनतापत्र,सिन्धुपाल्चोक, — चौतारास्थित हिराहरि तेक्वान्दो डोजाङमा नेपाल तेक्वान्दो संघको वार्षिक कार्यतालिकाअनुसार सिनियर खेलाडीहरूको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
चौतारा रंगशालाभित्रको डोजाङ तालिम हलमा आयोजित कार्यक्रममा खेलाडी, अभिभावक र तेक्वान्दोप्रेमीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रममा विभिन्न तहका तेक्वान्दो खेलाडीहरूको ग्रेडिङ परीक्षा सञ्चालन गरिएको थियो। उक्त परीक्षामा उत्कृष्ट प्रदर्शन गर्दै रातो पेटीबाट रातो कालो पेटीमा रेगिना गुरुङ र युग काफ्ले उतिर्ण भएका छन्। यस्तै, निभा श्रेष्ठ र विजय श्रेष्ठ रातो कालो पेटीबाट प्रथम डान कालो पेटीमा उतिर्ण हुन सफल भए। त्यसैगरी, प्रथम डान कालो पेटीबाट दोस्रो डान कालो पेटीमा कुशल ढुंगानाले स्थान हासिल गरे।

उक्त ग्रेडिङ परीक्षा डोजाङका संस्थापक तथा प्रमुख प्रशिक्षक रमेश गुरुङको नेतृत्वमा सम्पन्न भएको हो। गुरुङ स्वयं ग्रेडिङ प्रमुख समेत रहनुभएको थियो। सफल खेलाडीहरूलाई प्रमाणपत्र प्रदान गर्दै गुरुङले तिनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।

तेक्वान्दो अनुशासन, आत्मरक्षा तथा खेलकुदको क्षेत्रमा लोकप्रिय खेल हो। यस किसिमको ग्रेडिङ कार्यक्रमले खेलाडीहरूको आत्मबल वृद्धि गर्नुका साथै तिनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धाका लागि तयार पार्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
११ जेष्ठ २०८२, शनिबार १६:१६