/*php the_title();*/?>


टिका सुवेदी
संविधान प्रदत्त अधिकार अन्तर्गत जुगल गाउँपालिकाले जनउत्तरदायी शासन व्यवस्था स्थापित गर्न, समृद्धिको आधार तयार गर्न र समाजिक न्यायसहितको दिगो विकास सम्भव तुल्याउन आफ्नो १८औँ गाउँसभा मार्फत आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
जुगल गाउँपालिकाको यस योजनामा लोकतन्त्र, दिगोपन, समावेशीता र स्थानीय स्वामित्व लाई केन्द्रमा राखिएको छ । यो कार्यक्रम नेपाल सरकार, प्रदेश सरकारका नीति तथा बजेट, पाँचवर्षे योजना, स्थानीय राजनीतिक घोषणा पत्र तथा जनताको चाहना र सरोकारहरूका समिश्रण हो ।
प्रमुख नीति तथा कार्यदिशाहरूः
१. समावेशी विकासको दृष्टिकोण
“सामाजिक न्यायसहितको समृद्ध जुगल” भन्ने मूल नारासहित, यस पटकको नीति तथा कार्यक्रममा जुगलले ‘प्रत्येक टोल र बस्तीमा पूर्वाधार पुग्ने, जनताको सहभागितामा निर्माण हुने, र स्थानीय श्रोत–साधनको अधिकतम प्रयोग हुने नीति प्रस्तुत गरेको छ ।
२. दिगो विकास, उद्यमशीलता र सोच
गाउँपालिकाले ‘दूरदर्शी सोच र उद्यमशीलता’लाई आत्मसात् गर्दै विदेशमुखी होइन, स्वदेशमै समृद्धिको खोजी गर्न ‘दक्ष जनशक्ति उत्पादन’ को बाटो लिएको छ। सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम र लघु उद्यम प्रोत्साहन त्यसैको मूर्त रूप हो।
३. कृषिमा आत्मनिर्भरता र व्यावसायीकरण
एक वडा एक कृषि उत्पादन कार्यक्रम
नगदे बाली (अदुवा, लसुन, अलु, खुर्सानी) का पकेट क्षेत्र विस्तार
प्लास्टिक टनेल, थोपा सिचाइ, मौरीपालन, प्राङ्गारिक मल
बजार सुनिश्चितता र हाटबजार
कृषि इकोसिस्टममा बलियो जोड (बीउदेखि बजारीकरणसम्म)
यसरी, आत्मनिर्भर कृषि प्रणाली तर्फको स्पष्ट कदम जुगलको नीति सफल बनाउन आधार बन्न सक्छ।

४. पर्यटनः हराभरा हिमाली सम्भावना
Green Jugal, Clean Jugal
आरोहण मार्ग, ट्रेकिङ ट्रेल, गुम्बा, मठ, पोखरी, धात्मिक केन्द्र,
अन्तर्राष्ट्रिय पर्वत प्रशिक्षण केन्द्र स्थापनाको योजना,
“नेपेमाछाल” लाई धार्मिक पर्यटक केन्द्रका रूपमा विकास,
बेस क्याम्पमा- ountain Hut, PorterÚs House,, सूचना केन्द्र,
होमस्टे व्यवस्थापन र सांस्कृतिक प्रवद्र्धनमा विशेष ध्यान,
जुगलको पर्यटकीय सम्भावना अत्यन्त विशाल छ र यस योजनाले त्यसको दीर्घकालीन उपयोग सुनिश्चित गर्न खोजेको छ।
५. शिक्षाः निःशुल्क, समावेशी र सीपयुक्त
सबै विद्यालयमा निःशुल्क गुणस्तरीय शिक्षा,
तामाङ भाषाको माध्यमबाट माध्यमिक तहमा शिक्षा,
छात्रवृत्ति, अनाथ बालबालिका शिक्षा, प्रतियोगितात्मक कार्यक्रम,
ICT शिक्षा, बाल विकास केन्द्र र पुस्तकालयको प्रवद्र्धन,
शिक्षकको तालिम, सरुवा नीति, प्रशासन सुधार
६. स्वास्थ्यः पहुँच, प्रवद्र्धन र प्रतिरोध
घरदैलो स्वास्थ्य सेवा, निःशुल्क खोप र मातृ–शिशु कार्यक्रम,
गोल्चे स्वास्थ्य चौकीमा पोलीक्लिनिक,
महिला स्वास्थ्य स्वयंसेविका भत्ता वृद्धि,
स्तनपान कक्ष, मातृ स्वास्थ्य प्रवद्र्धन, पोषण जाँच,
गाउँमै घुम्ती जाँच, मोतिबिन्दु शल्यक्रिया व्यवस्था
जुगलको स्वास्थ्य नीति ‘निरोगी गाउँ’ निर्माणमा केन्द्रित देखिन्छ।
७. भौतिक पूर्वाधारः सन्तुलित विस्तार
सबै टोल र बस्तीमा पूर्वाधार विस्तार
सडकहरू १२ महिना चल्ने, ग्राभेल र पक्कीकरण
१० बेड अस्पताल, रंगशाला, स्मार्ट भवन, तटबन्धन
खानेपानी योजनाको मर्मत र विस्तार
नाला, सिँचाइ, पुल, बगैंचा, ढुंगामुडा संरक्षण
पूर्वाधार विस्तारमा “गौरवको आयोजना” र “स्थानीय मागमा आधारित” मोडेल अनुकरणीय छ।
८. सुशासन र सेवा प्रवाह
SOP -Standard Operating Procedure को नागरिकमा पहुँच
गुनासो सुनुवाइ प्रणाली
Project Bank को स्थापना
Digital Jugal वेबसाइट,ISप्रणाली, डिजिटल प्रोफाइल
पारदर्शिता र दक्षता वृद्धिका लागि तालिम
जुगलले सरकारी सेवा प्रवाहमा “कम खर्च, कम समय, बढी नतिजा” लाई मूल मन्त्र बनाएको छ।
९. सामाजिक संरक्षण र समावेशीता
दलित र अपांगता भएका व्यक्तिका लागि सीप तालिम
टुहुरा बालबालिकाका लागि आवासीय विद्यालय
ज्येष्ठ नागरिक चौतारी र निःशुल्क उपचार
महिला हिंसा न्यूनीकरण, लैङ्गिक समानता
जातीय अन्तरविवाह प्रोत्साहन
१०. विपद् व्यवस्थापन र वातावरण संरक्षण
Landslide risk mapping
सामुदायिक वनको सशक्तीकरण
डम्पिङ साइटको व्यवस्था, प्लास्टिक निषेध
आपतकालीन केन्द्र, सुरक्षित संरचना निर्माण
EIA-BES को कार्यान्वयन
मूल्यांकन र सन्देश
जुगल गाउँपालिकाले जुन विस्तृत नीति र कार्यक्रम सार्वजनिक गरेको छ, त्यसमा तीन महत्वपूर्ण विशेषता देखिन्छः
सहभागी योजना प्रक्रियाः
स्थानीय बासिन्दा, शिक्षक, कर्मचारी, राजनीतिक दल र नागरिक समाजको सुझाव लिइएको छ।
कार्यान्वयनमुखी सोचः
केवल आदर्श प्रस्ताव होइन, स्पष्ट कार्यान्वयन र पूर्वाधार योजनासँग बजेटीय सरोकार राखिएको छ।
समावेशी र दिगोपनमुखी नीतिः
प्रत्येक वर्गलाई प्रतिनिधित्व गर्दै भविष्यको तयारी र पारदर्शी शासनको आत्मा बोकेको योजना छ।
निष्कर्ष
जुगल गाउँपालिकाको २०८२÷८३ को नीति तथा कार्यक्रम समावेशी, सहभागी र दिगो विकासको परिकल्पना बोकेको, व्यावहारिक तथा दूरदर्शी दस्तावेज हो। गाउँ विकासको एक उत्कृष्ट नमूना बन्न सक्ने यी योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गर्नु नै अबको चुनौती हुनेछ।
यदि स्रोत, अनुगमन र नागरिक सहभागिता सशक्त बनाइयो भने “समाजवाद उन्मुख समृद्ध जुगल” को सपना अवश्य साकार हुनेछ।
निति तथा कार्यक्रम र वजेट हेर्न सक्नुहुन्छ ।
१३ असार २०८२, शुक्रबार ०६:४३