स्थानियले मध्य भोटेकोशीको उत्पादन रोकिएको भन्दै बुझाए ध्यानाकर्षण


जनतापत्र, भोटेकोशी ।
निर्माणाधिन मध्य भोटेकोशीको उत्पादन रोकिएकोमा स्थानीयले ध्यानाकर्षण गराएका छन् ।
सुरुङ परीक्षणका क्रममा दुई पटक पानी चुहिएपछि मध्यभोटेकोशीको उत्पादन रोकिएको छ । स्थानीय लगानीकर्ताले १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनालाई उत्पादन रोकिए लगतै ध्यानाकर्षण गराएका हुन् ।
सो आयोजना चिलिमे जलविद्युत् आयोजना मुख्य प्रवद्र्धक हो ।
आयोजनाले उत्पादन परीक्षण गर्दा एक वर्षमा दुई पटक सुरुङबाट पानी बाहिर निस्केपछि पुनः मर्मत गर्नुपर्ने भन्दै झन्डै एक अर्ब लगानी गरिसकेको छ । जिल्लाका कम्पनी र सर्वसाधारणले आयोजनालाई पुनः उत्पादनको लागि ध्यानाकर्षण गराएका हुन् ।

लगानीकर्ताको तर्फबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले शुक्रबार भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रामगोपाल सिवाकोटीसमक्ष ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विद्युत् खरिद सम्झौता(पीपीए) गरेको १३ वर्षमा पनि
आयोजनाबाट विद्युत् उत्पादन भएको छैन् । यसको जिम्मेवारी कसले लिने ? भन्दै संघले उत्पादन ढिलाइ हुनुको स्पष्टिकरण मागेको छ । संघका अध्यक्ष बुद्धराज बस्नेतद्धारा सीईओ सिवाकोटीलाई आयोजनाको केन्द्रीय कार्यालय महाराजगन्जमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

१७ पुष २०८१, बुधबार ११:५१