/*php the_title();*/?>
जनतापत्र, चौतारा ।
सुनको मूल्यले हरेक दिन नयाँ नयाँ रेकर्ड कायम गरेको छ ।
हाल नेपाली बजारमा सुनको मूल्यमा अहिलेसम्मकै महँगी भएको छ ।
मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबारको तुलनामा मंगलबार सुनको भाउ ३ सय रुपैयाँले बढेको हो । दसैंयता नेपाली बजारमा सुनको भाउ हरेक दिन बढेको बढ्यै छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
दसैं बिदा सुरु हुनुअघि असोज २३ गते सुनको भाउ प्रतितोला १ लाख ५९ हजार १ सय रुयैयाँ थियो । दसैं बिदापछिको पहिलो दिन असोज २९ गते १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउमा लगातार रेकर्ड कायम भएको हो ।
६ कार्तिक २०८१, मंगलवार ०७:३५