सिन्धुपाल्चोकमा माझी महिलाहरूले गलैँचा बुनेर आम्दानी सुरु

जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ का माझी महिलाहरू गलैँचा बुनेर आम्दानी गर्न थालेका छन् । यसअघि, खोलामा माछा मार्ने तथा बालुवा चालेर जीविकोपार्जन गर्दै आइरहेका माझी समुदायका महिलाहरु प्छिल्लो दुई वर्षयता गलैँचा बुन्न थालेपछि जीवनयापनमा निकै सहज भएको उनीहरुको भनाई छ ।
खेतीपाती र घरायसी काम सकाएर बिहान–बेलुकीको समयमा गलैँचा बुन्दा महिनामा कम्तीमा १० हजार रुपैयाँ कमाई हुने गरेको उनीहरुले बताएका छन ।
यहाँका करिब ६० घरपरिवारलाई वडा कार्यालयले निःशुल्क वितरण गरेको तानबाट गलैँचा बुन्ने काम भइरहेको र उनीहरुलाई जीवनयापनका लागि निकै सहज भएको वडाध्यक्ष रोशन गिरीले बताउनुभयो ।

९ भाद्र २०८२, सोमबार १०:०५