/*php the_title();*/?>


आइसिँ तामाङ, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको मेलम्ची बजारमा नयाँ मालपोत कार्यालय स्थापना हुने भएको छ। अब मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु र इन्द्रावती गाउँपालिकाका अधिकांश बासिन्दाले चौतारा धाउन नपरी स्थानीय स्तरमै सेवा पाउने भएका छन्।
भूमि व्यवस्था तथा अभिलेख विभागमा पठाइएको प्रस्तावमा मेलम्ची नगरपालिका, र ती तीन गाउँपालिकाका साविक सिम्पालकाभ्रे, कुन्चोक र भोटसिपा क्षेत्र समेटिने जनाइएको छ।
मालपोत कार्यालय चौताराका प्रमुख केशव प्रसाद रिजालका अनुसार, सम्बन्धित पालिकाहरूको कार्यपालिका बैठकबाट स्वीकृति आएपछि मेलम्चीमा कार्यालय सञ्चालन गरिनेछ।
नयाँ कार्यालय स्थापना भएपछि सस्तो, छिटो र सहज रूपमा सेवा प्रवाह हुने अपेक्षा गरिएको छ। यो निर्णयले ग्रामीण बासिन्दालाई राहत पुग्नेछ।
२ असार २०८२, सोमबार २१:५७