सिन्धुपाल्चोकका पाँच खेलाडीहरु बङ्गलादेश प्रस्थान


जनतापत्र, चौतारा ।
सिन्धुपाल्चोक जिल्लाका ५ खेलाडीहरु बङ्गलादेश प्रस्थान गरेका छन्
५ औ अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा भाग लिन बुधबार सिन्धुपाल्चोक जिल्लाको ठुलोसिरुवारीका खेलाडीहरु बङ्गलादेश प्रस्थान गरेका हुन् । यहि कार्तिक ९ र १० गते बङ्गलादेशमा छ वटा राष्ट्रहरु बीच प्रतिस्पर्धा हुन लागेको छ ।
प्रतियोगितामा भाग लिने खेलाडीहरु अन्जन पुरी, अमृत गहतराज, रन्जित मैनाली, रोशन गहतराज र खुश बहादुर श्रेष्ठ बङ्गलादेश गएको कराते एसियन रेफ्री तथा डोजोका प्रमुख प्रशिक्षक गंगा लाल श्रेष्ठले बताउनुभयो ।

अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता दुई दिनसम्म चल्ने भएको छ ।
५ औ अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल, भारत, जापान, भुटान, श्रीलंका र बङ्गलादेशका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेभएको छ ।

७ कार्तिक २०८१, बुधबार ११:५५