/*php the_title();*/?>

टीका सुवेदी , सिन्धुपाल्चोक — मेलम्ची नगरपालिका अन्तर्गत पर्ने राम्चे डुंडे सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा रमेश खड्का निर्वाचित भएका छन्। खड्काले निर्वाचनमा ६८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनी नेपाली काग्रेसको तर्फबाट उम्मेदवार बनेका थिए ।

कुल १८७ मतदातामध्ये १८५ जनाले मतदान गरेका थिए। खड्काका निकटतम प्रतिस्पर्धी एमाले निकट रोहिणि चालिसेले ६४ मत प्राप्त गरे भने माओवादी निकट उध्दव चालिसेले ५० मत ल्याएका थिए। तीन मत बदर भएको थियो।
निर्वाचन अध्यक्ष पदका लागि मात्र भएको थियो भने अन्य पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका हुन्। उपाध्यक्षमा एग प्रसाद दुलाल, सचिवमा राजेन्द्र प्रसाद दुलाल, कोषाध्यक्षमा गोमा ढकाल चालिसे चयन भए। यस्तै, समितिका सदस्यहरूमा शम्भु खड्का, विष्णु प्रसाद दुलाल, कृष्ण बहादुर खड्का, ललित कुमार दुलाल, गोमा चालिसे र सावित्री चालिसे रहेका छन्।
नव निर्वाचित अध्यक्ष खडकाले सामुदायिक वनको संरक्षण, समुचित व्यवस्थापन र उपभोक्ताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामुदायिक वन क्षेत्रको पर्यावरणीय र आर्थिक महत्वलाई ध्यानमा राख्दै सबैसँग मिलेर काम गर्ने उनको भनाइ छ।
१२ जेष्ठ २०८२, आईतवार ११:२१