सात दिनभित्र सामाजिक सञ्जाल दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी

आइसिँ तामाङ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिनुभएको छ ।
शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तक्र्रिया कार्यक्रममा उहाँले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताउनु भएको छ ।
तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिनुभएको हो ।
उहाँले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिएको बताउनु भएको छ ।
सरकारले तीन पटक सूचना जारी गरिसकेको छ। ’अब सात दिनभन्दा बढी समय दिन नसकिने मन्त्री गुरुङले बताउनु भएको छ । मन्त्री गुरुङका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र वि–टक मात्र दर्ता भएको बताउनु भएको छ ।

१२ बैशाख २०८२, शुक्रबार २१:४०