/*php the_title();*/?>

जनतापत्र, सिन्धुपाल्चोक ।
नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दा दर्ता भएपछि प्रतिनिधिसभा सदस्य पदबाट निलम्बित भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जना व्यक्ति र २ वटा कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन्।
बस्नेत सिन्धुपाल्चोक–२ क्षेत्रबाट निर्वाचित सांसद हुन्। आयोगले टेरामोक्स उपकरण खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार भ्रष्टाचार मुद्दा दर्ता भएसँगै सार्वजनिक पदमा बसेका व्यक्ति स्वतः निलम्बनमा पर्ने कानुनी व्यवस्था छ।

यस मुद्दामा पूर्व कानुन सचिव दिनेश थापा अन्य अधिकारीहरू पनि संलग्न रहेका छन्। आयोगले सार्वजनिक पदको दुरुपयोग गर्दै राज्यलाई आर्थिक क्षति पुर्याएको आरोपमा मुद्दा दायर गरेको हो।
२ जेष्ठ २०८२, बिहीबार १२:५५