/*php the_title();*/?>
जनतापत्र, तातोपानी ।
नेपाल–चीन सीमा क्षेत्रको उत्तर नाका तातोपानी लामो समय देखि ठप्प भएको छ ।
सडकको नाजुक अवस्थाका कारण तातोपानी नाका लामो समयदेखि नै ठप्प भएको हो ।
राजधानिबाट नजिकै रहेको चीनसँगको नाकामा सडककै कारण सास्ति हुँदा राज्यले अर्बौँ राजश्वमा घाटा व्यहोर्नु परेको छ ।
तातोपानी नाका राजधानिबाट मात्र १ सय १४ किलोमिटरको दुरीमा रहेको छ ,।
केहि बर्ष देखि कहिले भुकम्प कहिले कोरोना त कहिले बाढी पहिरोकै कारण सो नाका सामान्य रुपमा संचालनमा आउन सकेको छैन् ।
गत असोजमा आएको अविरल वर्षाको कारण भोटेकोशी नदिमा आउने बाढीले गर्ने कटान, यस क्षेत्रमा आउने पहिरो साथै बीचबीचमा रहेका ठाडो खोलाले सडक र बेलिब्रिज बगाउँएको छ ।
सीमा क्षेत्र तातोपानीदेखि बाह्रविसेसम्मको २४ किलोमिटर सडक वर्षेनी ध्वस्त बन्ने गर्छ । यसैको मारमा यति बेला तातोपानी परेको छ ।
ट्रान्स सिल्क ट्रमिनल प्रा.लि.संयोजक विजय शेर्पाले तातोपानी नाका क्षेत्रको कोदारी सडकको यो दुर्दशाका कारण सवारी साधन विग्रनेदेखि समयमा सामान पुर्याउन नसक्दा लागत पनि उत्तिकै बढ्ने गरेकाले आजित भएको जानकारी दिनुभयो ।
दसैँ अगावै तातोपानी सीमामा ल्याइसकिएको स्याउलगायतका कुहिने वस्तु भरियाले दुई पटक बोकेर र गाडीमा दुई पटक लोड अनलोड गरेपछि लार्चा सुख्खा बन्दरगाह पुगेका हुन् । लत्ता कपडा लगायत इलेक्ट्रोनिक सामान बोकेका कन्टेनर ३ सातादेखि बाटोमानै रोकिएर बसेका छन् ।
भोटेकोशी गाँउपालिकाको समन्वयमा लिपिङका २ घर भत्काएर बीचबाट ह्युम पाइप राख्ने र कोदारी पहिरो पन्छाएर तत्काल रोकिएको सामान बन्दरगाह सम्म पुर्याउने प्रयास थालिएको छ । स्थानीय सुकवीर तामाङले ध्वस्त सडकलाई दीर्घकालीन रुपमा कसरी निर्माण गर्ने भन्नेबारे सरकारले विस्तृत योजना बनाउनु पर्ने बताउनुभयो ।
६ कार्तिक २०८१, मंगलवार ०७:४०