श्रेष्ठ र तामाङलाई प्रदेशस्तरीय तेक्वान्दोमा कास्य पदक

जनतापत्र, सिन्धुपाल्चोक । काठमाडौंमा सम्पन्न पाँचौं बागमती प्रदेशस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता–२०८१ मा चौतारा साँगाचोकगढी नगरपालिका प्रतिनिधित्व गर्ने दुई खेलाडीले कास्य पदक जित्न सफल भएका छन्।

जैशिदेवल युथ क्लबको आयोजनामा चैत्र २६ देखि २८ गतेसम्म भएको प्रतियोगितामा चौतारा साँगाचोकगढीका निभा श्रेष्ठले महिला २३ देखि २६ केजी तौल समूहमा र सचिन तामाङले पुरुष ३८ देखि ४२ केजी तौल समूहमा कास्य पदक जितेका हुन्।

उक्त जानकारी खेलाडीहरूका प्रशिक्षक मेनुका श्रेष्ठले दिएकी हुन्। उनका अनुसार दुवै खेलाडी हिराहारी तेक्वान्दो डोजाङ्गका उत्पादन हुन् र उनीहरूको प्रदर्शन उल्लेखनीय रह्यो।

प्रतियोगितामा चौतारा साँगाचोकगढी टिमको व्यवस्थापन नगर खेलकुद प्रशिक्षक रमेश गुरुङले गरेका थिए। टिमले राम्रो समन्वय र मेहनतका साथ प्रतियोगितामा भाग लिएको थियो।

३० चैत्र २०८१, आईतवार १४:१३