मेलम्ची–११ मा राप्रपाको वडा अधिवेशन रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध विजयी

आइसिँ तामाङ, मेलम्ची सिन्धुपाल्चोक ।
मेलम्ची नगरपालिका–११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशन उत्साहपूर्वक सम्पन्न भएको छ। अधिवेशनबाट रामबहादुर तामाङसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचित समितिलाई प्रमाणपत्र प्रदान गर्दै केन्द्रिय सदस्य उदय सापकोटाले यसलाई संगठन सुदृढीकरणको महत्वपूर्ण कदम भएको बताएका छन ।
कार्यक्रममा केन्द्रिय सदस्य जयप्रकाश गुरागाई, प्रदेश सांसद एवम् क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, जिल्ला निर्वाचन समितिका संयोजक धुर्बकुमार थापा, मेलम्ची अध्यक्ष रामशरण महरा, शेषबहादुर तामाङलगायत नेताहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए।
नेताहरूले मेलम्चीमा राप्रपाको यो अधिवेशन आशा जगाउने र संगठनलाई अझ गतिशील बनाउन सहयोग पु¥याउने धारणा व्यक्त गरेका छन्। कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको आयोजकहरूले बताएका छन्।

२१ भाद्र २०८२, शनिबार १८:५४