/*php the_title();*/?>


आइसिँ तामाङ,मेलम्ची, सिन्धुपाल्चोक।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर ९, ज्यामिरेले आफ्नो वडाभित्रका ४ देखि १३ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयमा भर्ना भएको ऐतिहासिक घोषणा गरेको छ। अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रमु मार्फत वडाले ुशून्य बालबालिका विद्यालयबाहिरु अवस्था हासिल गरेको जानकारी गराएको हो।
वडा कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष किरणदीप खड्काले शिक्षा पाउनु सबै बालबालिकाको आधारभूत अधिकार भएकोले अब ज्यामिरेका हरेक बालबालिका विद्यालयमा रहेको बताउनुभयो। उहाँले यस सफलतामा विद्यालय, अभिभावक, शिक्षक, बालबालिका तथा स्थानीय सरकारबीचको अभूतपूर्व सहकार्य लाई दिनुभयो। ूविद्यालयबाहिर रहेका बालबालिकाको पहिचान र भर्ना अभियानमा समुदायले खेलेको भूमिका अतुलनीय रहेको खड्काले भन्नुभयो।
कार्यक्रममा जनता माध्यमिक विद्यालयका अध्यक्ष नारायण खड्काको सभापतित्व रहेको थियो। शिक्षा शाखाका स्रोत विज्ञ योगबहादुर थापाले यो घोषणाले शिक्षा क्षेत्रमा नयाँ गति ल्याएको दाबी गर्दै अब विद्यालयको तल्लो तहबाटै सिकाइको स्तर मापन गर्दै आवश्यक सुधारका कार्यक्रम अगाडि बढाइने जानकारी दिनुभयो। वडा शिक्षा समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा जनता मा।वि।का प्रधानाध्यापक केदार बिष्टले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। यो घोषणाले ज्यामिरेलाई शिक्षाको क्षेत्रमा एक उदाहरणीय वडाका रूपमा स्थापित गरेको छ।
२९ असार २०८२, आईतवार १७:४८