/*php the_title();*/?>


कृष्णबहादुर तामाङ
भ्रष्टाचारको अन्त्य भनेको नै राष्ट्रको समृद्धिको सुरुआत हो । अब समय आइसकेको छ, जहाँ भ्रष्टाचारीलाई सर्वस्वहरण, आजीवन कारावास, र जनताको अगाडि सार्वजनिक अपमानको सजाय दिनु पर्छ । यो सजाय शारीरिक मात्र नभई मानसिक र सामाजिक हुने आवश्यक छ, ताकि भविष्यमा यस्तो कुकर्मको दोहो¥याउने कुनै पनि पात्र जन्मन नसकोस् ।
कृष्णबहादुर तामाङ
सगरमाथालाई शिरमा सिउँरिएर उभिएको गर्विलो इतिहास बोकेको देश हो, नेपाल । बुद्ध जन्मिएको भूमि, वीर गोरखालीहरूको मातृभूमिका रूपमा नेपालको पहिचान विश्वभरी फैलिएको छ । तर नेपालको आजको यथार्थ यति दर्दनाक छ कि, भ्रष्टाचारले जकडिएको, अवसरहरू गुमाएको र नेतृत्वहीनताले भासमा धकेलिएको देशका रूपमा परिचित छ ।
हामीले बिर्सन मिल्दैन, यो त्यही भूमि हो, जसले संसारलाई शान्तिको सन्देश दिएको थियो, जहाँका वीर सपुतहरूले इतिहासको पानामा अमर योगदान दिएका थिए । तर, आज त्यो गौरवमय इतिहासलाई कुहिरोभित्र हराउने प्रयास भइरहेको छ । असक्षम नेतृत्व, कमजोर प्रशासन, र दिनदिनै मौलाउँदै गएको बेथिति र भ्रष्टचारले नेपाललाई पछाडि धकेलिरहेको छ ।
अब समय आइसक्यो, अन्धकारबाट उज्यालोको युगतर्फ देशलाई अघि बढाउन । नेपाललाई इतिहासको कालो पानाबाट छुटाएर, संसारकै उत्कृष्ट, समृद्ध र सभ्य राष्ट्र बनाउने क्रान्ति सुरू गर्न ढिलो भइसकेको छ । अबको क्रान्ति बन्दुक र रक्तपातको होइन, क्रान्ति शिक्षा, इमानदारी र नेतृत्वको पुनर्जागरणको हो ।
हामी चाहन्छौँ, यस्तो नेपाल, जहाँ भ्रष्टाचारले होइन, इमानदार नेतृत्वले शासन गर्छ । जहाँ युवा जनशक्ति पलायन हुनुपर्ने होइन, देशभित्रै अवसरहरू फुल्छन् । जहाँ इतिहासको गौरव बोक्दै भविष्य निर्माण हुन्छ । जहाँ बुद्धको शान्ति दर्शन र गोरखालीको साहसिक आत्मासँगै आधुनिक प्रविधि र नवप्रवर्तनको युग मिलेर समृद्धि ल्याउँछ ।
नेपाललाई फेरि विश्वको शिरमा उभिएको गर्विलो राष्ट्र बनाउनु नै हाम्रो लक्ष्य हो । अबको पुस्ताले समृद्ध, न्यायपूर्ण, र गौरवमय नेपाल देख्न पाउनुपर्छ । अबको क्रान्ति सपना होइन, संकल्प हो, एक नयाँ नेपालको संकल्प । सर्वप्रथम शिक्षामा क्रान्ति चाहिन्छ । शैक्षिक क्रान्ति ‘रटान’ बाट होइन, ‘सृजनशीलता’ बाट मात्रै संभव छ । नेपालको शिक्षा प्रणालीमा आमूल परिवर्तन जरुरी छ । बेरोजगार उत्पादन गर्ने पाठ्यक्रम जलाइदिनुपर्छ ।
अबको शिक्षा केबल किताबको ज्ञानमा सीमित रहने छैन । हामीले वैज्ञानिक सोच, प्रविधिको दक्षता, उद्यमशीलता, जीवन सीप र चरित्र निर्माणमा आधारित शिक्षा लागू गर्नैपर्छ । विद्यालयहरू अब ज्ञानको परिभाषा मात्र दिनु हुँदैन, बरु शिक्षाको वास्तविक उद्देश्य देशका भविष्य निर्माता तयार गर्नु हो । आजको विद्यार्थी भविष्यको नेता, वैज्ञानिक, उद्यमी, र समाजसेवी बन्ने सम्भावना राख्छन् । यसलाई विश्वास र आत्मविश्वासका साथ जन्माउनु पर्छ । ‘तिमी नेपालका भविष्य निर्माता हौ १’ भन्ने शान्त र दृढ आवाज शिक्षाका कक्षाबाट उचाल्नु पर्छ ।
अब शिक्षा सैद्धान्तिक ज्ञानको सन्दर्भबाट बाहिर निस्केर वास्तविक जीवनका सीपहरूको कक्षामा रूपान्तरण हुनुपर्छ । जहाँ विद्यार्थीले केवल कोरा सिद्धान्त पढ्दैनन्, उनीहरूले व्यावहारिक सीप सिक्नेछन्, जसले उनीहरूलाई आफ्नो र समाजको भविष्य बनाउन सक्षम पार्नेछ । डिग्री होइन, सीप चाहिन्छ । नयाँ नेपालको आधार सीपयुक्त नागरिक हुन् ।
‘डिग्री होइन, सीप’ भन्ने नारा केवल शब्द होइन, एउटा आन्दोलन हो । जुन शिक्षा, जुन सीप र जुन शिक्षा प्रणालीले नयाँ नेपालको ढाँचा तयार गर्न मद्दत पु¥याउँछ, त्यसले भविष्यको उज्ज्वल नेपाल निर्माण गर्छ । अबको शिक्षा प्रणाली ज्ञान र सीपको सन्तुलनमा आधारित, आत्मविश्वास र समर्पणमा भरिएको हुनेछ, जसले प्रत्येक विद्यार्थीलाई विश्वसँग प्रतिस्पर्धा गर्न सक्षम पार्नेछ ।
‘भ्रष्टाचारमाथि भीषण प्रहार ः अपराधीहरूलाई सडकमा घिसार’ अभियान सुरु गर्न ढिलाइ भइसकेको छ । भ्रष्टाचारीलाई माफी दिने हो भने राष्ट्र बेच्नेहरू अझै जन्मिनेछन् । अब माफी सकियो । हामीले पिँढी दर पिँढी ठुलो दुःख भोगेका छौँ, तर अबको नेपाल नयाँ अवधारणामा आधारित हुनेछ जहाँ भ्रष्टाचारलाई सहन सकिँदैन । जोसुकै भए पनि, चाहे नेता होस्, कर्मचारी होस्, वा व्यापारी, भ्रष्टाचारीलाई कुनै प्रकारको माफी छैन । राष्ट्रलाई लुट्ने, जनताको विश्वास तोड्ने र समृद्धि र शान्तिलाई विकृत गर्ने सबैलाई अब कडाइका साथ सजाय दिइनु पर्छ ।
भ्रष्टाचारको अन्त्य भनेको नै राष्ट्रको समृद्धिको सुरुआत हो । अब समय आइसकेको छ, जहाँ भ्रष्टाचारीलाई सर्वस्वहरण, आजीवन कारावास, र जनताको अगाडि सार्वजनिक अपमानको सजाय दिनुपर्छ । यो सजाय शारीरिक मात्र नभई मानसिक र सामाजिक हुने आवश्यक छ, ताकी भविष्यमा यस्तो कुकर्मको दोहो¥याउने कुनै पनि पात्र जन्मन नसोकोस् । देशलाई विकृत बनाउने र भविष्य बेच्ने कुनै पनि व्यक्ति या समूहलाई अब माफी दिइने छैन ।
‘भ्रष्टाचारलाई जरैदेखि उखेलेर फालाँै नेपाल स्वाभिमानी बनाउँ’ भन्ने लक्ष्यका साथ अघि बढ्न ढिलाइ भइसकेको छ । अबको हाम्रो लक्ष्य साफ छ, ‘नेपाललाई भ्रष्टाचारमुक्त, स्वाभिमानी र समृद्ध राष्ट्र बनाउनु ।’ यो नारा केवल शब्दको खेल होइन, यो एउटा प्रतिवद्धता हो । एक शपथ कि हाम्रो नयाँ नेपाल, जहाँ इमानदारी र न्यायको शासन हुनेछ, कुनै पनि भ्रष्टाचारीका लागि स्थान हुने छैन । अबको नेपाल सुधार र सम्मानको कथा बन्नेछ, जहाँ जनता र राष्ट्रको हितका लागि मात्र निर्णयहरू हुनेछन् ।
‘परनिर्भरता होइन, आत्मनिर्भरता’को नाराका साथ आर्थिक क्रान्तिको मार्ग अघि बढाउनु पर्छ । नेपाल अब अरूको दानमा बाँच्ने देश होइन । हामीले अब इतिहासबाट पाठ सिक्नुपर्छ । अरूको साहारामा हामीले शान र आत्मसम्मान गुमाइसक्यौँ । अब हामीले आफ्नै स्रोत र शक्तिमा आधारित समृद्धि र प्रगति सुनिश्चित गर्नुपर्छ । कृषि, पर्यटन, जलविद्युत्, प्रविधि र उद्योगका क्षेत्रमा क्रान्तिकारी योजना ल्याएर स्वदेशमै रोजगारी सिर्जना गर्न जरूरी छ ।
हाम्रो उद्देश्य युवाहरूलाई मात्र मजदुरको रूपमा होइन, उद्योगपति र प्रवर्तकको रूपमा तयार गर्नु हो । अब हाम्रो युवा वर्ग केबल विदेशमा श्रम गर्नका लागि होइन, आफ्नै देशमा नयाँ सोच र साहसिक योजनाहरूसँग उद्योग र व्यापारका क्षेत्रमा नयाँ अध्याय लेख्न तयार हुनुपर्छ । अब समय आइसक्यो, हामीले संसारसँग प्रतिस्पर्धा गर्न स्वदेशमै सम्भावना खोज्नुपर्छ । यो राष्ट्र अब अरूको सहारामा टिकेर बाँच्ने छैन, बरु आफ्नै माटोमा समृद्धि र अवसरहरूको बिउ रोपेर भविष्यलाई साकार बनाउने छ । विदेशमा पसिना बगाउन बन्द गरौँ । आफ्नै माटोमा समृद्धि उमारौँ । (सौर्य अनलाइनबाट साभार)
३० असार २०८२, सोमबार १२:१५