भलिबल प्रतियोगिताको उपाधी सिएमसिवाइसीलाई


जनतापत्र, हेलम्बु ।

दोस्रो हेलम्बु गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी सिएमसिवाइसीले जित्न सफल भएको छ ।
२८६१ औं सोनाम ल्होछार ब्रुल ल्हो( सर्प वर्ग) को अवसरमा आयोजित दोस्रो हेलम्बु गाउँपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधी आयोजक च्योम्थली मानेडाडाँ चित्रे गोम्देन टोल विकास समिति (सिएमसिवाइसी)ले जित्न सफल भएको हो ।

आयोजक सिएमसिवाइसीले खरबुजे फर्पसङ छाजोगाङ युवा क्लबलाई ३–२ को सेटमा हराउँदै उपाधी जितेको हो । त्यस्तै क्यासिन्जे युवा क्लबलाई हराउँदै देविस्थान क्लब तेस्रो भएको छ । पहिलो दोस्रो र तेस्रो हुने टिमले क्रमश ४० हजार,२० हजार र १० हजार सहित मेडल कप र प्रमाणपत्र प्राप्त गरेको छ ।

रेफ्री कृष्ण तामाङले१३ टिम सहभागी प्रतियोगिताको बेष्ट प्लेयर संगम तामाङ,बेष्ट स्पाइकर दिप तामाङ,बेष्ट ब्लकर विनोद तामाङ,बेष्ट सेटर निमाछिरिङ शेर्पा हुनुभएको जानकारी दिनुभयो ।

२३ माघ २०८१, बुधबार ११:५३