/*php the_title();*/?>



जनतापत्र काभ्रे ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ नेपानेका बाबुराम तामाङ र वडा नम्बर १० का विक्रम तामाङले विगत पाँच वर्ष वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा बिताएपछि अब नेपालमै केही गर्नुपर्छ भन्ने सोचका साथ ब्रदर स्केटिङ होप नामक व्यवसाय सञ्चालनमा ल्याएका छन्।
यो व्यवसाय काभ्रे जिल्लाको पाँचखाल नगरपालिका वडा नं.४ मा स्थापना गरिएको हो । यसको औपचारिक उद्घाटन चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० का अध्यक्ष श्री निल बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
यस नयाँ व्यवसायमार्फत उनीहरूले स्थानीय स्तरमा रोजगारी र मनोरञ्जनको अवसर सिर्जना गर्ने लक्ष्य राखेका छन् । अव ब्रदर स्केटिङ होप सञ्चालनमा आएको छ ।

२२ असार २०८२, आईतवार ११:३९