/*php the_title();*/?>
हामीले प्रशिक्षणमा सुनेको कुरा पार्टी, नेता र सिद्धान्तमा विश्वास गर्नु भन्ने थियो । एकोहोरो विश्वास र अविश्वास जाती होइन अरे । खाली शंकै मात्र गर्ने कुरा पनि राम्रो होइन । पार्टीको स्थायी समिति सदस्य, अर्थ तथा योजना विभाग प्रमुख रहेकी तपाईं कतिपय विषयमा अलि हतार र हतपतमा बोल्ने गरेको मलाई जानकारी रहेको छ ।
मिथिला पोखरेल
भाटभटेनी सुपरमार्केटका मालिकसमेत रहनुभएका प्रसिद्ध व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी सितको राजनीतिक निकटता भएको बताउनुभयो र उहाँले एमाले पार्टी कार्यालयका लागि निकै महँगो मूल्यको करिव ११ रोपनी जग्गा उपलव्ध गराइदिनुभयो । यति मात्रै होइन सोही जग्गामा एमाले केन्द्रीय कार्यालयका लागि दान स्वरूप १५ तले टावर बनाइदिने घोषणा पनि गर्नुभयो ।
तर, एमाले स्थायी समितिकी सदस्य बिन्दा पाण्डेले संदीग्ध व्यक्तिसँग यत्रो सम्पत्ति लिनु पार्टीका लागि अनिष्ठ हुने भन्दै विरोध जनाउनुभएको छ । यस प्रकरणमा उहाँले हतारहतारमा सामाजिक सञ्जालमार्फत् विरोध गर्नुभयो । पार्टी र नेतृत्वका विरुद्ध नानाभाती दुष्प्रचारका विरुद्ध कहिल्यै लेखे बोलेको पाइन्न, तर भुइँमा खस्न नपाउँदै हतपतमा दुनियाँ हँसाउन लागि पर्नुहुन्छ । तपाईंले बोलको यो विषय जग हँसाइको विषय बनेको छ । जनता, पार्टी, सिद्धान्त र नेतृत्वमा विश्वास गर्नुपर्छ भनिन्छ । मुलुकको एउटा अत्यन्त जिम्मेवार पार्टीको र अझ त्यसमा पनि बहुतै सोची समझी कदम चाल्ने पार्टीको अध्यक्षले, पार्टीका प्रमु्ख नेताहरूका रोहबरमा भवन निर्माणको शिलान्यास गर्नुभयो । तर बृन्दा कामरेड, तपाईंले एउटा व्यापारीसित जग्गा र भवन निर्माणका लागि दान लिनु दिनु घोर आपत्ति व्यक्त गर्नुभयो । यस्ता कामले पार्टी, नेता, कार्यकर्ता र मतदाता सबको इज्जत गुम्न सक्ने बताउनुभयो ।
कुनै पनि व्यापारीले निःस्वार्थ रूपमा यत्रो धनराशि सहयोग गर्दैैन भन्ने तपाईंको दृष्टिकोण रहेछ । तर सबका सब स्वार्थी र बेइमान हुँदैनन् भन्ने कुरा मीनबहादुरबाटै थाहा हुन्छ । उहाँले मुटुरोग अस्पताल बनाउन ४१ करोड निःस्वार्थ रूपमा दान दिनुभएको कुरा केही अघिको कुरा रहेछ । त्यहाँ उहाँले कुन स्वार्थले दान दिनुभयो होला बिन्दाजी । स्वार्थबस दान दिने र लिने कुरा सच्याउन तपाईंले पार्टीलाई आग्रह गरेको थाहा भयो । र यस्ता काम र कदम तुरुन्त सच्याउन तपाईंले सार्वजनिक रूपमा माग गरेको पनि थाहा भयो । तर तपाईंले नै पार्टी सचिवालय पनि निर्णय गर्ने एउटा माथिल्लो समिति हो भन्नुभएको छ । र पदाधिकारीका बीच आपसी सरसल्लाहमा पनि काम हुन्छन् र हुनसक्छन् ।
तपाईंहरू त कहाँको कुरा कहाँ जोड्न सिपालु हुनुहुन्छ । एमाले र माओवादीबीच एकता विषय पनि शीरदेखि तिरसम्म छलफल गरेर निर्णय गर्नुपर्ने विषय भनेर निक्कै विश्लेषण गर्नुहुन्थ्यो । समय परिस्थति हेरेर विवेक र विचार पु¥याएर नै अभिभावकले निर्णय लिन्छन् । देशको एउटै आशा र भरोषाको प्रमुख पार्टी र त्यसको प्रमुखलगायत पदाधिकारीले हचुवाका भरमा निर्णय गर्नुभयो होला भन्न सकिन्न । माओले १० पटक नाप अनि मात्र काट भन्नुहुन्थ्यो रे । यतिका अनुभव प्राप्त पार्टी नेतृत्वले लहैलहैका भरमा यस्ता काम गर्छ र गर्ला भन्ने हामीजस्ता सामान्य कार्यकर्तालाईचाहिँ लाग्दैन ।
निःस्वार्थ रूपमा दान दिन्छु भन्दा पनि एक न एक बात लगाउनु जाती हुँदैन । भारतका रतन टाटा भन्ने विश्वप्रसिद्ध उद्योगपति अविवाहित रहेछन् । राम्रा र असल काम गर्नेको मन मर्ने र मार्ने काम गर्नु हुँदैन । ‘आफू भलो त जगत् भलो’ भनेझैँ नबिराउने मान्छे डराउँदैन । त्यसैले खुल्ला रूपमा दुनियाँले देख्ने र सुन्ने गरी भवन निर्माणको शिलान्यास गरेको होला र त्यही दिन भवन पनि दान स्वरूप बनाइदिने घोषणा भएको होला । व्यापारी र उद्योगपति भन्ने बित्तिकै सबै गलतै हुन्छन् भन्न हुँदेन र हुँदैनन् पनि ।
एङ्गेल्स अत्यन्त धनाढ्य उद्योगपतिका छोरा हनुहुन्थ्यो । उहाँले कार्लमाक्र्सलाई आर्थिक भौतिक रूपमा उदार मनले सहयोग गरेकाले माक्र्सवाद विश्वव्यापी बनेको होला । हामीले त सुनेकै कुरा हो । यो सहयोगको लेखाजोखा पनि तपाईंहरू नै गर्नुहोला । हामीले प्रशिक्षणमा सुनेको कुरा पार्टी, नेता र सिद्धान्तमा विश्वास गर्नु भन्ने थियो । एकोहोरो विश्वास र अविश्वास जाती होइन अरे । खाली शंकै मात्र गर्ने कुरा पनि राम्रो होइन । पार्टीको स्थायी समिति सदस्य, अर्थ तथा योजना विभाग प्रमुख रहेकी तपाईं कतिपय विषयमा अलि हतार र हतपतमा बोल्ने गरेको मलाई जानकारी रहेको छ । एकपटक १०औँ महाधिवेशनमा उपमहासचिव हुन नपाएको भनेर र अर्कोपटक सचिवालयमा आफू मनोनीत नभएको भनेर र तेस्रोपटक मन्त्री हुन नपाएकामा तपाइंले सार्वजनिक रूपमा तीव्र आक्रोश व्यक्त गर्नुभएको थियो ।
यो लेख लेख्नु पर्दा तपाईंले व्यक्त गरेका सबै विषयवस्तु मैले सञ्जालमार्फत् मैले पढेँ । तपाईंले एक अन्तर्वार्तामा प्रथम महिला राष्ट्रपति विद्या भण्डारी मात्र होइन, एमालेमा एकभन्दा एक पार्टी अध्यक्ष र पदाधिकारी बन्न योग्य छन् भन्नुभयो । तर उक्त कुरा बोल्दा भण्डारीको अध्यक्ष बन्ने योग्यता, अनुभव, क्षमता र उचाइको अलिकति पनि चर्चा गर्नु भएन । कम्तीमा ठाउँअनुसार अग्रजको मान र मन राखेर बोल्नुपर्छ । यसरी बोल्दा योग्य र अन्ुभवी व्यक्तित्वको कुरा समाजमा जान्छ । हुन त विद्या भण्डारी राष्ट्रपति हुँदाका बखत जनकपुर जाँदा, उहाँले कालो चश्मा लगाउँदा र पदीय गरिमाअनुसार गम्भीर मुद्रामा आसीन हुँदा कतिपयले उहाँको दुराग्रहपूर्ण र निकृष्ट दुष्प्रचार गरे र गरिरहे तर तपाईंहरूले एक अक्षर लेखे बोलेको थाहा पाइएन ।
पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको भन्दा पूर्वराजाकै सान सौकात उच्च भएको भन्दा तपाईंका फेसबुक बोलेनन् । जनयुद्ध दिवस मनाउने र यसलाई निरन्तरता दिने विषयमा र देशमा उथलपुथल ल्याएर देशको जग हल्लाउने कुरा गर्दा पनि तपाईंका अक्षर र वाणी कस्ता थिए सुनिएन र देखिएन । अमेरिका भ्रमणमा रहनुभएका एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीविरुद्ध पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले फेसबुकमार्फत् रत्यौली खेलिन् । बरु त्यसको बिनु नाम गरेकी नेका सम्बद्ध एक महिलाले कडा विरोध गर्नुभयो । बिनुले औपचारिक विदेश भ्रमणका बेला प्रधानमन्त्रीसित देशको इज्जत र आवरु गाँसिएको हुन्छ । देशको उच्च कार्यकारी पदलाई विदेशमा नेपालीले नै बेइज्जत गर्न तम्सिनु देश विरुद्धको काम हो र यो काम आकाशतिर फर्किएर थुक्नुजस्तै हो भन्नुभयो ।
देशभित्र वा घरभित्र जे जस्ता विवाद, बेमेल र वैमनष्यता हुन्छन् त्यसलाई विदेशमा र छरछिमेकमा छारस्ट गर्नु हुन्न । बिनुको यस्तै आशयको अन्तर्वार्ता थियो । तर, त्यस बेला पनि तपाईं मुख थुनेर बस्नुभयो । अथवा रमिता हेरेर बस्नुभयो । पार्टीमा अमुक पद नपाउँदा तपाईंले हेराँैला नि त कसरी पार्टी चलाउँदा रहेछन् पनि भन्नुभयो । प्रथम महिला राष्ट्रपति विद्या भण्डारीलाई मदन भण्डारीकी पत्नीभन्दा पनि तपाई आपत्ति गरेझैँ गर्नुहुन्थ्यो ।
भण्डारीले मदन भण्डारी फाउन्डेन, कोसी प्रदेशद्वारा आयोजित कार्यक्रममा महिला समानता र समान अधिकार रातारात आउने विषय होइन, समय लाग्छ भनेका कुरा पनि तपाईं लगायतलाई लक्षित गरेर भनेको हो कि जस्तो लाग्यो । भण्डारीले संस्कृतिको क्षेत्रमा परिवर्तन निक्कै ढिलो हुने कुरा बताउनुभएको थियो । यस्ता कुरा पनि हामीले बुझ्नुपर्छ । तपाईंले पार्टीलगायत सबै क्षेत्रमा ३३ प्रतिशतको माग गर्नुभएको थाहा छ र यो राम्रै कुरा हो । तर, तपाईंहरूले महिलाको बौद्धिक, वैचारिक र लेखकीय क्षमता आर्जन गर्ने र गराउने विषयमा पटक्क ध्यान दिएजस्तो लागेको छैन । स्तरीय उद्घोषण, मन्तव्य, स्वागत, प्रमुखअतिथि मन्तव्य, प्रकाशकीय, सम्पादकीय के हो र कसरी लेख्नुपर्छ सिकाएजस्तो लागेको छैन ।
अनेम संघका सम्मेलन अधिवेशनलगायत कामका प्रतिवेदन लेख्न पुरुषलाई गुहार्नुपर्ने पनि देखिएको छ । तर, सबै पुरुष सक्षम भन्न खोजिएको होइन । भन्नुको मतलब अनेम संघलगायत संस्थामा यस्ता सिर्जनात्मक काम कामको विषय बन्दैन । तपाईंले त विद्यावारिधि गर्नुभयो । अरूलाई यस काममा प्रोत्साहन गर्नुभयो । राम्रा मानिसको संगतमा अरूलाई पनि पर्नु र पार्नु प¥यो नि । खराब मानिसले खराब बानी तुरुन्तै सार्छ र फैलाउँछ । यसबाट पनि हामीले सिक्ने कि ? बोक्सीले बोक्सी चेलाहरू तयार पार्छे भने एक विद्वान्ले विज्ञ र विद्वान् तयारी गर्ने काममा ध्यान दिनुपर्दैन ? मैलेचाहिँ घरमा नै यस्तो संगत पाएर आमूल परिवर्तनको अर्थ थाहा पाएकी छु नत्र कतिपय नेताका पत्नी आमूल परिवर्तनको अर्थ खोज्न पानीको मुहान खोज्न जान सक्छन् । सभासद् बनेकालाई बहुराष्ट्र भनेको धेरै राष्ट्र भन्ने अर्थ लगाएको मैले थाहा पाएकी छु । अहिले विभिन्न अखबारमा महिलाका लेखहरू किन छापिँदैनन्, महिलाले लेखेका लेख र किताब महिला नै किन पढ्दैनन् ? महिलाका फेसबुकलगायत सन्जालमा ज्ञानगुनका एक रत्ति आउँदैनन् । तपाईंले प्रचारप्रसार कलाको कुरा त गर्नुभयो यसबारे एक लेख लेखे पनि हुन्थ्यो त । अधिकार मात्रै खोज्ने होइन प्रतिभा र क्षमता पनि विकास गर्ने गराउने कुरामा खै ध्यान गएको ?
अहिले काठमाडौँ भित्रका र बाहिरका ठूला पदासीन र तल्ला तहका भनेर महिलालाई महिला र तिनका संगठनले चरम भेदभाव गरेको मेरै तीतो अनु्भव छ, नत्र मेरो दोस्रो महिला सशक्तीकरणको सवाल विषयको किताब अनेम संघ, केन्द्रले आर्थिक व्ययभारबिना प्रकाशित गर्न किन मानेन ? पहिले आफैँ क्षमतावान्, विवेकी, अनुशासित र इमानदार बनौँ । आफ्नो आङ कन्याएर छारो नउडाउँ । कम्तीमा महिलाका बीच मैत्री भाव विकास गरौँ ।
(इटहरी निवासी लेखक अनेम संघ, केन्द्रीय सदस्य हुनुहुन्छ )
(सौर्यअनलाइनबाट साभार)
१ कार्तिक २०८१, बिहीबार ०४:५२