/*php the_title();*/?>


जनतापत्र,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको बाह्रविसेमा नेकपा एमालेभित्र तीव्र विवाद चुलिँदै गएको छ। एउटै नगरमा छुट्टाछुट्टै भेलाबाट दुईवटा समानान्तर कमिटी घोषणा भएपछि नेतृत्वमा टकराव खुलेरै बाहिरिएको छ। जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठको सहभागितामा बसेको बन्द सत्रले बमबहादुर तामाङलाई अध्यक्ष बनाउँदै ४२ सदस्यीय कमिटी गठन गरेको छ। सो कमिटीमा उपाध्यक्ष कल्याणी घिसिङ र सचिव शीतल मोक्तान रहेका छन्। त्यसैबेला उपाध्यक्ष अर्जुन भण्डारीसहितको अर्को भेलाले माधव नेपालको अध्यक्षतामा ३९ सदस्यीय कमिटी घोषणा गरेको छ। उक्त समितिमा उपाध्यक्ष विक्रम श्रेष्ठ, सचिव ङिमा शेर्पा र दुई जना उप–सचिव रहेका छन्। बागमती प्रदेशका इञ्चार्ज राजन भट्टराईले पाँच महिनाअघि उद्घाटन गरेको अधिवेशन त्यसबेला सदस्यता विवादका कारण रोकिन पुगेको थियो। पछि फेरि सुरु भएको बन्द सत्रमा पनि ‘नकली सदस्यता’ हटाउने विषयमा सहमति जुट्न नसकेपछि विभाजन अनिवार्य जस्तै भएको हो। जिल्ला इञ्चार्ज सरेश नेपालको निर्देशनमा भएको अधिवेशनमा विभिन्न नेता सहभागी भए पनि विवाद मिल्न सकेन। अधिवेशनअघि बाह्रविसेमा संगठित सदस्य संख्या ७६६ मात्र रहेकामा पछि एकैपटक १३०० नाघेपछि विवाद झन् चर्किएको बताइएको छ।
१७ भाद्र २०८२, मंगलवार १८:४४