बलेफी गाउँपालिकाको १७ औँ गाउँसभा सम्पन्न, ५६ करोड ५९ लाखको बजेट पारित

आइसिँ तामाङ,बलेफी सिन्धुपाल्चोक ।
बलेफी गाउँपालिकाको १७ औँ गाउँसभा मंगलबार सम्पन्न गर्दै आर्थिक वर्ष २०८२÷८३ का लागि कुल रु. ५६ करोड ५९ लाख बराबरको बजेट तथा विभिन्न महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ।
गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले गाउँसभामा नीति तथा कार्यक्रमसहितको बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि र सामाजिक समावेशीतामा केन्द्रित योजनाहरू अगाडि बढाइने जानकारी दिनुभयो।
बजेट अनुसारः
चालू खर्चतर्फः रु. ३५ करोड १२ लाख १० हजार
पुँजीगत खर्चतर्फः रु. २१ करोड ४६ लाख ९० हजार विनियोजन गरिएको छ।
गाउँसभाबाट पारित ८ वटा प्रमुख प्रस्तावहरू यस प्रकार छन्ः
१. न्यायिक समितिको प्रतिवेदन
२. विनियोजन विधेयक २०८२
३. वार्षिक नीति तथा कार्यक्रम (आर्थिक वर्ष २०८२÷८३)
४. वार्षिक बजेट तथा कार्यक्रम २०८२÷८३
५. आर्थिक विधेयक २०८२
६. कर्मचारी व्यवस्थापन सम्बन्धी विशेष विधेयक
७. संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन
८. लेखा समितिको प्रतिवेदन
सभामा अध्यक्ष तामाङले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, योजना कार्यान्वयनमा पारदर्शिता कायम गर्ने र जनताको सहभागितालाई सुनिश्चित गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँसभामा उपाध्यक्ष सरु लामा , वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, जनप्रतिनिधिहरू, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू र स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

१० असार २०८२, मंगलवार २१:२१