प्याब्सन सिन्धुपाल्चोकको एसईई सम्मान कार्यक्रम मेलम्चीमा सम्पन्न

आइसिँ तामाङ,मेलम्ची सिन्धुपाल्चोक ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० सिन्धुपाल्चोकको आयोजनामा माध्यमिक शिक्षा परीक्षा ९एसईई० सम्मान कार्यक्रम आज प्रगति अंग्रेजी मा।वि। मेलम्चीमा सम्पन्न भएको छ । माध्यमिक शिक्षा परीक्षा २०८१ मा सिन्धुपाल्चोक जिल्लाका ८ वटा संस्थागत विद्यालयबाट ११८ जना विद्यार्थी सहभागी भएकोमा ३।२० भन्दा माथि जिपिए प्राप्त गर्ने १०६ जना विद्यार्थीहरुलाई आज सम्मानित गरिएको हो ।
सम्मान कार्यक्रममा ४।० जिपिए सहित जिल्लाकै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल प्रगति अंग्रेजी मा।वि। मेलम्चीका छात्र प्रसान्त चालिसे र ३।९७ जिपिए सहित संस्थागत विद्यालयको छात्रा तर्फ मेलम्ची कम्युनिटि सेकेन्डरी स्कुलकी प्रथम प्रनिशा कार्कि जनही ४१ हजार १ सय ११ नगद, पदक र प्रमाणपत्र सहित सम्मानित भएका थिए । सर्वोत्कृष्ट नतिजा हासिल गर्ने छात्ररछात्राहरुलाई कार्यक्रमका विशिष्ट अतिथिहरु मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधान र शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका प्रमुख बैकुण्ठ सुवेदीले सम्मानित गरेका थिए ।
त्यसैगरी कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधित्व गर्दै प्याब्सनको केन्द्रीय सदस्य निर्वाचित कर्मवांगेल लामा,बागमती प्रदेश उपाध्यक्ष ऋषिराम नेपाल र बागमती प्रदेश सहसचिव ओमप्रकाश उप्रेतीलाई समेत विशेष सम्मान प्रदान गरिएको थियोे । प्याब्सन सिन्धुपाल्चोक अध्यक्ष बुद्धिप्रसाद आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेलम्ची नगर उप( प्रमुख उमा प्रधान, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोकका इकाई प्रमुख बैकुण्ठ सुवेदी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

२८ असार २०८२, शनिबार २१:४०