/*php the_title();*/?>

जनतापत्र, पाँचपोखरी ।
पाँचपोखरीकप फुटबलको सेमिफाइनल सकिएको छ ।
जिल्ला स्तरीय प्रथम पाँचपोखरीकप फुटबल प्रतियोगिताको सेमिफाइनल सकिएसँगै फाइनल प्रवेशकालागि आयोजक पाँचपोखरी थाङ्पालगाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका तथा सुनकोशी गाउँपालिका र इन्द्रावती गाउँपालिका बीच प्रतिस्पर्धा हुनेभएको छ ।
हेलम्बु गाउँपालिका सँग १–१ गोलको बराबरी खेल्दै सुनकोशी गाउँपालिका आइतवार भएको समूहचरणको अन्तिम खेलमासेमिफाइनलमा स्थान बनाउन सफल भएको हो ।
इन्द्रावती गाउँपालिका बाह्रविसे नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
पाँचपोखरी थाङ्पालगाउँपालिका पनि भोटेकोशी गाउँपालिकालाई १–० ले पछि पार्दै सेमीफाइनल यात्रा तय गरेको हो ।
१८ फाल्गुन २०८१, आईतवार १३:०१