/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाको पाँचौं नगर अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। अधिवेशन नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला सभापति संजय लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
उक्त अधिवेशनले सर्वसम्मत रूपमा अमिर लोपचनलाई नगर सभापतिको जिम्मेवारी सुम्पिएको छ। अधिवेशनमा तरुण दलका जिल्लास्तरीय तथा स्थानीय नेताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेविसंघ सिन्धुपाल्चोक जिल्ला कार्य समिति सदस्य चिनलाल तामाङले विशेष सम्बोधन गर्दै युवाहरू लोकतन्त्रको आधार शिला भएको उल्लेख गर्नुभयो।
उहाँले नेपालको लोकतान्त्रिक अभ्यासलाई सबल र गतिशील बनाउन युवाहरूको सक्रियता अनिवार्य रहेको बताउनुभएकोे छ ।
“नेपाल तरुण दल नेपाली कांग्रेसको मुटु हो भने नेविसंघ यसको मस्तिष्क हो,” भन्दै उहाँले यी दुवै भातृ संगठनलाई सक्रिय र चलायमान बन ाउने जिम्मा नेपाली कांग्रेसले लिनुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रममा विभिन्न वक्ताहरूले लोकतन्त्र सुदृढ गर्न युवा नेतृत्वको विकास, संगठन निर्माणको आवश्यकता र पार्टीलाई आगामी चुनावमा सशक्त बनाउन तरुण दलको भूमिका अपरिहार्य रहेको धारणा राखेका थिए।
नयाँ नेतृत्व चयनसँगै चौतारा साँगाचोकगढी नगरपालिकामा तरुण दलको संगठनात्मक सशक्तीकरण र क्रियाशीलता अझै बढ्ने विश्वास गरिएको छ।
२८ बैशाख २०८२, आईतवार ०६:००