/*php the_title();*/?>


जनतापत्र, चौतारा ।
नेपाली बजारमा आज सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य बढेर तोलामा १ लाख ८७ हजार रुपैयाँ कायम भएको बताएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । बुधबार कायम भएको सुनको मूल्य हालसम्मकै उच्च भएको महासंघले बताएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएको हो ।
३ बैशाख २०८२, बुधबार १३:२९