त्रिपुरामा मोटरेबल पुल सञ्चालनमा


जनतापत्र, त्रिपुरा ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेसँगै त्रिपुरासुन्दरी गाउँपालिका–३ र ६ जोड्ने मोटरेबल पुल सञ्चालनमा आएको छ । लगभग दुई वर्ष अवधि लगाएर भगवती इप्फात जेभी भक्तपुरद्धारा निर्माण भएको पुल संचालनमा आएको हो ।
त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरालेसडक निर्माण भएर संचालनमा आउँदा स्थानियको मोटरेबल पुलबाट आउजाउ गर्ने सपना पूरा भएको बताउनुभएको छ ।
२२ मिटर लम्बाईको सिंगल स्पानको पुल सञ्चालनमा आएसँगै यति बेला धुस्कुन, पिस्कर, चोकटी, तौथली, टेकानपुर सिधै सडक जोडिन पाउँदा स्थानियमा हर्षउल्लास छाएको छ ।
२०७१ सालमा जुरेपहिरो गएकै कारण केहि महिनासम्म अरनिको यातयात सञ्च
ालन हुन सकेको थिएन ।
जुनबेला सुनकोशी–धुस्कुन–दाबी–टेकानपुर–झोलुङ्गे सडकलाई अरनिको यातयातका लागि वैकल्पिक सडकमार्ग भनि प्रयोग गरिएको थियो । यदि कुनै पनि कारणबस जुरेखण्ड सडक अवरुद्ध भएमा सोही सडक संचालनमा आउने गरेको छ ।

चार करोड ४९ लाख नौ हजार ४२९ रुपियाँ ३४ पैसा बजेटमा २०७९ फागुनमा सम्झौता भई निर्माण सुरु भएको त्रिपुरासुन्दरी गापाका प्रमुख प्रशासकीय अधिकृत जयबहादुर वाइबाले जानकारी दिनुभयो ।
उहाँले पुल सञ्चालनमा आएपछि अहिले दर्जनौ गाउँका स्थानीयहरुका लागि सहज भएको जानकारी दिनुभयो ।

स्थानीय रामकुमार तामाङले पुल बनेपछि घण्टौ समय लगाएर बाह्रबिसे पुगेर राजधानी र अन्यत्र जानु पर्ने समस्या हटेको भन्दै खुशी प्रकट गर्नुभयो ।
उहाँले नयाँ मोटरेबल पुलबाट यातयातका साधान आउजाउ गर्न थालेपछि गाउँघरमा कृषकले उत्पादन गरेका कृषि सामग्री राजधानी, धुलिखेल, बनेपा, स्थानीय बजार सहज पुर्याउन सहज हुने पनि जनाउनुभयो ।

२४ मंसिर २०८१, सोमबार ११:४०