तीन करोड लागतमा गुम्बा बन्यो


जनतापत्र, बाह्रबिसे ।
तीन करोड लागतमा गुम्बा बनेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङमा तीन करोड लागतमा श्री नेपाल फाम्तिङ गुम्बा बन्न सफल भएको हो ।
उक्त गुम्बाको उद्धाटन गर्दै नगरप्रमुख बालकृष्ण बस्नेतले
स्थानीयको आस्था र विश्वासमा जोडिएका सबै धर्म सम्प्रदाय, संस्कृति, पुरातत्त्वलाई संरक्षण र प्रवर्धनमा आफु निरन्तर रुपमा लागि परेको जानकारी दिनुभयो ।
२०७२ सालको भुकम्पले पुरानो गुम्बालाई तहसनहस बनाएको थियो । सोहि स्थानमा अहिले नयाँ गुम्बा निर्माण भएको हो ।

सो गुम्बा तिब्बती रिम्पोछे तेन्जिङ पालजोरको सहयोग र स्थानीय आदिवासी, जनजाति नागरिकबाट श्रमदान, चन्दा सहयोगबाट निर्माण भएको हो ।
सोही वडाका समाजसेवी कुइसाङ लामाको पहलमा गुम्बा निर्माण गुम्बाको घेराबार, आँगन व्यवस्थापन, बँगैचा लगायतका संरचनामा नगरपालिकाले सहयोग गरेको नगरपालिको जानकारी दिएको छ ।

नगरप्रमुख बस्नेत, जनप्रतिनिधि, राजनीतिक दलको प्रतिनिधि र सर्वसाधारणलाई बौद्ध धर्म प्रचार र धर्म बोधका लागि उद्घाटन कार्यक्रममा घुम्थाङ आइपुग्नु भएका तिब्बती रिम्पोछे तेन्जिङ पालजोरले अनुरोध गर्नुभएको छ । उक्त गुम्बा निर्माण गर्न चिनियाँ लामाहरू घुम्थाङ कार्यक्रममा उपस्थिति भएका थिए ।

भारत सरकारको ९ करोड ८३ लाख आर्थिक सहयोगमा चारसय वर्ष पुरानो ज्याङूतेर लिस्ति पावो गुम्बा पुनर्निर्माण भोटेकोशी गाउँपालिका–१ लिस्तिमा भइरहेको छ । २०८२ फागुनभित्र निर्माण सम्पन्न हुने गरि गुम्बाको निर्माण कार्य भइरहेको छ ।

२६ कार्तिक २०८१, सोमबार ११:३४