/*php the_title();*/?>


जनतापत्र,तातोपानी ।
सिन्धुपाल्चोक जिल्ला संगै रहेको नेपाल–चीन सीमा क्षेत्रको भोटेकोशी गाउँपालिका– २ मा तातोपानी धाराका नवनिर्मित स्नान गृह सर्वसाधारणको लागि शुक्रबारदेखि खुला गरिएको छ।
भेटेकोशी गाउँपालिकाको ६ करोड लागतमा निर्माण भएको स्नान गृहलाई नेपाल सरकारका परराष्ट्र मन्त्री डा,आरजु राणा देउवाले उद्घाटन गरिएको हो।
स्नान गृहको उद्घाटन गर्दै मन्त्री राणाले नेपालको तर्फबाट तातोपानी नाकाको विकास लागि धेरै प्रयत्न गर्नुपर्ने देखिएको बताउनुहुदैै तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकारको ध्यानाकर्षण गराउनुभएको छ । दुई देश बिचको व्यापारिक नाकालाई व्यवस्थित गर्न सके मात्र राजश्व संकलन बढ्न सक्ने धारणा व्यक्त गर्नुभएको छ ।
तातोपानीमा स्नान गर्न आउने पर्यटकहरुलाई व्यवस्थित तरिकाले स्नान गृहको निर्माण गरेकोमा गाउँपालिकालाई बधाई व्यक्त गर्दै धारालाई व्यवस्थित गर्दा आम्दानीमा समेत वृद्धि हुने बताउनुभएको छ । मन्त्री राणाले नेपाल–चीन सीमा क्षेत्रको निरीक्षण गर्नुहुदै खासास्थित चिनियाँ अधिकारीले स्वागत र्गु भएको थियो ।
तातोपानीमा धारा व्यवस्थित भएपछि पर्यटक र भक्तजनलाई स्नान गर्न सहज हुने तातोपानी गाउँपालिका–२ का अध्यक्ष कुमार श्रेष्ठले बताउनुभएको छ ।
हाल सम्मा तातोपानीमा बाहिर देखिने गरी पुरानो सातवटा धारा छन्। नयाँ बनेका भवनमा ४७ वटा बाथटब निर्माण पनि गरिएको छ।
प्राकृतिक रूपमा नै तातोपानीको मूल भएको सो स्थानमा परापूर्वकालदेखि नै आन्तरिक तथा बाह्य पर्यटक स्नानका लागि तातोपानी धारा पुग्ने गरेका छन । तातोपानीमा नुहाउँदा छाला तथा हड्डीसम्बन्धी बिरामी लगायतका अन्य रोगहरु समेत निको हुने जनविश्वास रहेको छ ।
५ बैशाख २०८२, शुक्रबार २२:१६