/*php the_title();*/?>


जनतापत्र,चौतारा ।
सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ ठूलो सिरुवारीमा नेकपा एमाले र नेपाली काङ्ग्रेस परित्याग गरि १७ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको छ ।
१३ वडामा शनिबार भएको पार्टी स्कुल तथा समाजबादका निम्ति कार्यशाला कार्यक्रममा नेकपा एमाले र नेपाली काङ्ग्रेस परित्याग गरी १७ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन ।
पार्टी प्रवेश गर्नेमा गोपाल राना, निशा गिरी, रेनुका गिरी, बिमली गिरी, सिताराम थापा मगर, राजु राना र नेपाली काङ्ग्रेसका कृयासिल सदस्य हिरा गिरी, डिलबहादुर गिरी, नेकपा एमाले चौतारा साँगाचोकगढी नगर कमिटीका पुर्व सदस्य एवं चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १३ बाट स्थानीय तहको निर्वाचन २०७९ का वडा सदस्यका उम्मेदवार समेत रहेका यमबहादुर गिरी,ठुलो सिरुवारीकै एमालेका वडा कमिटी सदस्य बाबुकाजी राना, रविलाल गिरी, लोकबहादुर गिरी, यमराज गिरी, दिपक राना, ठगबहादुर उषा गिरी,डम्बरबहादुर गिरी रहेका छन् ।
चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकोटा,केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज केशव नेपाल, लगायतको उपस्थितिमा पार्टीमा प्रवेश गराएको थियो ।
२२ चैत्र २०८१, शनिबार २०:४१