/*php the_title();*/?>
जनतापत्र, जुगल ।
जुगल निम्लुङकी सोमरानी बेपत्ता भएकी छिन् ।
उनि वैदेशिक रोजगारीका लागि १२ बर्ष अगाडि कुबेत पुगेकी थिइन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ की निम्लुङकी चेली कुवेतमा बेपत्ता भएकी हुन् ।
उनका आफन्तको जानकारी अनुसार, घरेलुु कामदारको रुपमा कुवेत पुगेको ७ ८ महिनासम्म पैसा समेत पठाइरहेकी ३२ वर्षीया सोमरानी स्याङ्बो एकाकार सम्पर्क विहिन भएकी हुन् ।
आज सम्पर्क होला कि भोलि त फोन आउलाकी भनेर कुर्दाकुर्दै ११ वर्ष विति सक्दा पनि फोन नआएको उनका आफन्तले जानकारी दिएका छन् ।
पासपोर्ट नम्बर( ०५८११३९१) रहेको सुकरानी स्याङ्बो १२ बर्ष अगाडि नेपाल बाट एजेन्ट सन्तोष मगर कुबेत मा एजेन्ट ईश्वरि माया राई मार्फत कुवेत पुगेकी सोमरानी बेखबर भएपछि परिवारका विधुवा आमा र सानो भाई आत्तिएका छन् । परिवार को साथमा सुकरानी को फोटो कागजात केही पनि नरहेको परिवारले सुकरानी को खोजि गरिदिन देश तथा विदेशका सम्पुर्ण सरोकारवाला हरु लाई अनुनय विनय गरिरहेका छन्।
३ मंसिर २०८१, सोमबार ११:४५