/*php the_title();*/?>
जनतापत्र, बलेफी ।
बलेफीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज बलेफी गाउँपालिका कमिटीको आयोजनामा बिजय दशमी शुभदिपावली , नेपाल संवत् ११४५, छठ ,ल्होसार लगायत पर्वहरुको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ स्तरीय शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा जातीय मुक्ति समाजका केन्द्रिय अध्यक्ष मनोहर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
उहाँले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै दलित समुदायका मान्छे मात्रै लागेर जातीय छुवाछूत तथा भेदभावको अन्त्य नहुने बताउँनुभयो । उहाँले सबै समुदायका मान्छेबाट मात्रै छुवाछूत तथा भेदभावको अन्त्य हुने र जातीय छुवाछूत तथा भेदभावको अन्त्यको लागि सबैले सहकार्य गर्न पर्ने जानकारी दिनुभयो । जातीय छुवाछूत तथा भेदभावको लागि सबैभन्दा पहिला समाजको उत्पति र बिकासको बारेमा , समजका संस्कार र संस्कृति , समाजको गतिलाइ बुझ्न आवश्यक रहेको उहाँको भनाइ रहेको थियो ।
नेपालमा जातीय विभेदको विरुद्धको आन्दोलन बिधिवत रूपमा विं. सं. २००३ बाट सुरु भएको र तत्कालीन नेकपा मालेले २०४५ सालबाट संगठित रूपमा सुरु गरेको पनि उहाँले अवगत गराउनुभयो ।
उहाँको भनाइ अनुुसार, अहिलेसम्म समाजामा रहेको सामन्तवादको अवशेषलाइ अन्त्य नभएसम्म जातीय मुक्ति नहुने र राजनीतिक दृष्टिकोण सहित सामजमा रहेका दलित समुदायका मान्छेलाइ संगठित गर्ने , गैरदलित समुदायका मान्छेलाइ पनि दलित समुदायलाइ मुद्दामा एकाकार गर्न पर्नि, सबै विभेदको अन्त्य गर्न, सबैखाले सेवा सुविधाको उपयोग गर्न पाउन गरि काम गर्न पर्ने छ ।
समाजका विभिन्न ठाँउमा दलित समुदायले अपमानित हुन परेको जनाउदै यो सिंगो समाजको बिषय भएको उक्त कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका एमाले केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपालले जनाउनुभयो ।
उहाँले एउटा व्यक्तिबाट पीडक र एउटा व्यक्ति पीडित हुनु भनेको एउटा व्यक्ति मात्रै होइन सिंगो समाजको बिषय बन्ने बताउँदै कोहि कसैलाई एक ठाउँमा भेदभाव गर्नु भनेको सिंगो समुदाय माथिको भेदभाव भएको बुझ्न पर्ने जनाउनुभयो ।
सो कार्यक्रममा एमालेका पुराना नेता तथा सविक ठुलो पाखर गाविसका पुर्व अध्यक्ष चरिबहादुर तामाङ , एमाले जिल्ला कमिटी सदस्य चरिबहादुर तामाङ, बलेफी वडा नम्बर ६ का वडा अध्यक्ष तेजबहादुर पराजुली , एमालेका नेता युद्धबिक्रम तामाङ , एमाले जिल्ला कमिटी सदस्य कमला घतानी , शोभा कार्की, बलेफी गाउँपालिका कमिटीका अध्यक्ष नारायणकाजी श्रेष्ठ , एमालेको निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न पालिका कमिटीका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमकी संचालिका जातीय मुक्ति समजकी बागमती प्रदेश सचिवालय सदस्य चन्द्रावती नेपाली थिइन भने जातीय मुक्ति समाज बलेफीका अध्यक्ष झलक रोक्का सभाध्यक्षामा भएको थियो ।
२२ कार्तिक २०८१, बिहीबार १२:५४