/*php the_title();*/?>
जनतापत्र चौतारा ।
सोमबार बाट सुरु हुने भनिएको चौथो संस्करणको मालिकादेवी कप फुटबल सुरु भएको छ । आयोजकले जिल्ला भित्र र बाहिरको गरी जम्मा २१ टिम सहभागी रहेको जानकारी दिएका छन् ।
उत्घाटनमा भिमटार बोइज र सुकुटे युवाजागरण मञ्चबीच खेल रहेको छ । चाडपर्व दसैं, तिहार र छठको अवसरमा यो वर्ष पनि खुला ७ ए साइड फुटबल प्रतियोगिता मेलचौर युवा जागरण समाज क्लबको आयोजनामा भएको हो । प्रतियोगिता चौतारा साँगाचोकगढी नगरपालिका–७ मेलचौरस्थित दरबारडाँडा खेल मैदानमा एक साता सम्म चल्नेछ ।
प्रतियोगितामा विजेताले १ लाख ५५ हजार ५ सय ५५ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ नगद ट्रफी र मेडल पुरस्कार पाउने छन् । प्रत्येक खेलका म्यान अफ द म्याच खेलाडी र उत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यो वर्षबाट खेलाडीहरुको विमाको ब्यवस्था समेत गरिएको छ । विमाको अवधि ७ दिनको रहने छ । प्रतियोगितामा सहभागी खेलाडीको भइपरि आएको दुर्घट्नामा ३ लाख सम्मको उपचार हुने भएकाले खेलाडीलाई विमाले राहत पुग्ने भएको छ ।
चौथो मालिकादेवीकप फुटबल प्रतियोगितामा सहभागि टिम
१. सेतीदेवीयुवाक्लव, कुविण्डे
२. भिमटार बोइज, भिमटार
३. सुकुटे युवाजागरण मञ्च
४. सुनकोशी ए
५. सुनकोशी बि
६. राईबोइज, झापा
७. स्याउले टिम शिल्ड
८. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ६
९. जिल्लाप्रहरी कार्यालय, (वारियर्स एफ सि)
१०. जिल्लाप्रहरी कार्यालय, सिन्धुपाल्चोक
११. सिर्जनशिल समाज, सिरानचौर
१२. साँगाचोक युवाक्लव
१३. चौतारा स्पोर्टिङक्लव
१४. सिंहमतियुवाक्लव
१५. मेलचौर युवाजागरण समाज
१६. पोखरे युवा समाज
१७. रानिटार युवाक्लव
१८. रोयल्स फेफिली
१९. चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ८
२०.धार्पा युवाक्लव
२१.इन्द्रावतीसिर्जन शिल युवा समाज
५ कार्तिक २०८१, सोमबार ०६:४९