/*php the_title();*/?>

जनतापत्र, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा १२ ले योजनाहरु कार्यान्वयनको सुभारम्भ गरेको छ । आफ्ना योजनाहरु कार्यान्वयनको सुभारम्भस्थानिय जनसमुदायलाई भेला गराएर १२ नम्बर वडाले गरेको हो ।
योजना र बजेट उल्लेख गरिएको ब्यानर खोलेर चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटा र बागमती प्रदेशका पुर्व भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले योजना सार्वजनिक गरेका हुन् ।
यो संगैँ चौतारा साँगाचोकगढी नगरपालिका वडा नंम्वर १२
द्धारा ८ करोड बढी लागत सहितको ६५ विकास योजनाहरुको कार्यान्वयन सुरुवात भएको छ ।
१२ नम्बर वडाका अध्यक्ष दिपेन्द्र प्रसाद नेपालका अनुसार, वडा कार्यालयबाट १ करोड, नगरपालिकाबाट ६७ लाख ५२ हजार ५ सय, प्रदेशबाट ८ करोड ८५ लाख र संघबाट १ करोड ८३ लाख रकमको योजना कार्यान्वयन सुरु भएको छ । अध्यक्ष नेपालले २०८१ को चैत्रभित्र सबै योजना सम्पन्न गरी असार मसान्त कुर्ने परिपाटिको अन्त्य गरिने प्रतिवद्धता जाहेर गर्नु भयो ।
आवश्यकतामा आधारित दिगो विकास अवको आवश्यकता रहेको विकास आयोजनाहरुको शुभारम्भ गर्ने क्रममा आफ्नो मन्तव्य राख्दै बागमती प्रदेशसभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो ।
संघियता कार्यान्वयन पछि समग्र प्रदेशका १ सय १९ पालिकाहरुमा चौतारा साँगाचोकगढी नगरपालिकाले विकासमा फड्को मारेको उहाँको भनाइ रहेको छ ।
विकासमा विवाद नगर्न अनुरोध गर्दै विकास आयोजना सम्पन्न गर्न हातमा हात मिलाउन चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले आग्रह समेत गर्नु भयो ।
वडाको समग्र विकासमा योगदान पु¥याउन योजनामा जन सहभागिता आवस्यकता रहेको कार्यक्रममा माओवादि केन्द्रका जिल्ला संयोजक गोविन्द पराजुलीले जानकारी दिनुभयो ।
सोहि अवसर पारेर साँगाचोकमा निमार्ण गरिने फल्चाको समेत शिलान्यास भएको छ । ऐतिहासिक महत्व बोकेको साँगाचोककको पिपलबोटमा ८ लाख लागतमा निर्माण हुने भएको हो ।
१२ मंसिर २०८१, बुधबार १२:५३