/*php the_title();*/?>


आइसिँ तामाङ । चौतारा सिन्धुपाल्चोक ।
चौतारा साँगाचोगढी नगरपालिका र सशक्तिकरणका लागि कानुनी तथा वकालत समाज ९लोरास० को संयुक्त पहलमा कानुनी चौतारी कार्यक्रम सोमबार चौतारा बहुमुखी मल्टिपल क्याम्पसमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि चौतारा साँगाचोगढी नगरपालिकाका उपप्रमुख सीता थापा रहनुभएको थियो। उहाँले स्थानीय तहमा कानूनको प्रभावकारी कार्यान्वयनका लागि जनस्तरमा कानुनी चेतना आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा लागू औषध दुव्र्यसनसम्बन्धी सत्र संचालन गर्दै नारायण श्रेष्ठले नेपालमा दिनानुदिन बढ्दै गइरहेको दुव्र्यसनको समस्याबारे तथ्यांकसहित जानकारी गराउनु भयो। लागू औषधको असर मानव स्वास्थ्यमा गम्भीर रहेको उल्लेख गर्दै उहाँले विद्यार्थीहरूलाई सचेत रहन र अरूलाई पनि जागरूक बनाउन आग्रह गर्नुभयो। साथै, लागू औषध ओसारपसार तथा प्रयोग गर्ने विरुद्धको कानुनी कारबाहीका विषयमा समेत जानकारी दिनु भएको छ । साइबर अपराध तथा सुरक्षा विषयमा प्रशिक्षक रहस्य न्यौपानेले सामाजिक सञ्जाल तथा इन्टरनेटको माध्यमबाट हुने ठगी, फिरौती माग्ने, निजी जानकारी चोरीजस्ता घटनाबारे सचेत गराउनु भयो। उहाँले डिजिटल माध्यम प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताका उपायहरूबारे समेत प्रशिक्षण दिनुभयो। कार्यक्रममा चौतारा बहुमुखी मल्टिपल क्याम्पसका प्रमुख नागेन्द्र दंगाल, कानुनी व्यवसायीहरू, न्यायिक समितिका प्रतिनिधिहरू, क्याम्पसका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले युवाहरूमा कानुनी सचेतना, सामाजिक उत्तरदायित्व र साइबर सुरक्षाप्रतिको समझदारी अभिवृद्धि गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्। ।
२० जेष्ठ २०८२, सोमबार १०:११