चौतारामा सञ्चारकर्मीहरुलाइ क्षमता अभिबृद्धि तालिम


जनतापत्र, चौतारा ।
चौतारामा सञ्चारकर्मीको लागि संचालन भइरहेको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
दुर्गम क्षेत्रमा कार्यरत पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम र प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण तथा अनलाईन सञ्चार माध्यम सम्बन्धी घुम्ती शिविर सम्पन्न भएको हो । उक्त शिविरमा सिन्धुपाल्चोक जिल्लाको नयाँ तथा पुराना २८ जना सञ्चारकर्मीहरुले सहभागिता जनाएका थिए ।

तालिममा सहभागिहरलाई चौतारा साँगाचोक गढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाद्धारा बुधबार प्रमाण पत्र वितरण गरिएको छ ।
नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभागको आयोजनामा पत्रकार महासंघको हल चौतारा भएको उक्त तालिममा
प्रशिक्षक डा. विजय कुमार मिश्रले प्रशिक्षार्थीको आवश्यकता तथा माग अनुसार अन्तरवार्ता, फिचर लेखन लगायतका विषयमा केन्द्रित भइ प्रशिक्षण दिनुभएको थियो ।
सोमबारदेखि संचालन भएको सो तालिमको समापन समारोहलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख सापकोटाले सहभागीलाई क्षमता अभिवृद्धि तालिमले पत्रकारिता गर्न टेवा पुगेको आशा ब्यक्त गर्दै शुभकामना दिनुभयो ।
पत्रकारले पक्ष विपक्ष दुवैको कुरा समेटेर लेख्नुपर्ने बताए । थापाले पत्रकारिता पेसा थुप्रै सम्भावना भएको पेशा भएको बताउदै प्रशिक्षार्थीहरूलाई प्रमुख जिल्ला अधिकारी किरण थापाले शुभकामना ब्यक्त गर्नुभयो ।

२८ कार्तिक २०८१, बुधबार १२:३३