/*php the_title();*/?>


आइसिँ तामाङ,सिन्धुपाल्चोक ।
चामुण्डा माध्यमिक विद्यालयको आयोजनामा ’प्रधानाध्यापक अभिप्रेरणा तथा सामुदायिक विद्यालय असल अभ्यास आदान–प्रदान कार्यक्रम’ मेलम्चीमा सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयहरूमा सञ्चालन भइरहेका सकारात्मक अभ्यासहरू साझा गर्ने रहेको थियो।
कार्यक्रम चामुण्डा मावि व्यवस्थापन समिति अध्यक्ष दीपक सिंह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि थिए भने उपप्रमुख उमा प्रधान, जिल्ला समन्वय समिति (जि.स.स)का पूर्वप्रमुख कृष्णगोपाल तामाङ विशेष अतिथि रहेका थिए।
मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु र इन्द्रावती गाउँपालिकाका शिक्षा शाखा प्रतिनिधिहरू तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको कार्यक्रमका अवसरमा चामुण्डा माविका प्रधानाध्यापक गुणराम आचार्यले असल अभ्यास तथा विद्यालयको गतिविधिबारे प्रस्तुति दिएका थिए। सहभागी विद्यालयका अन्य प्रधानाध्यापकहरूले पनि आफ्ना अनुभव र अभ्यासहरू प्रस्तुत गरेका थिए।
४ असार २०८२, बुधबार २१:२९