/*php the_title();*/?>

जनतापत्र,गुल्मी— प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालको आयोजनामा तथा जिल्ला समन्वय समिति गुल्मीको समन्वयमा स्थानीय तहमा शान्ति निर्माण र बहुसरोकार द्वन्द्व रूपान्तरण कार्यक्रमबारे जिल्ला स्तरिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीको सभाध्यक्षतामा गुल्मी जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूको उपस्थितिमा तम्घासमा कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा संस्थाको अभियान तथा गतिविधिहरूबारे क्षेत्रीय संयोजक रिता मानन्धरले जानकारी गराउँदै बहुसरोकार विवाद रूपान्तरण प्रक्रिया र विवादको दिगो समाधानबारे विस्तृत प्रस्तुतिकरण दिनुभयो।

कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले संस्थाको अभियान र उद्देश्य सराहनीय रहेको धारणा व्यक्त गर्दै यस किसिमका कार्यक्रमले जिल्लामा दीगो शान्ति स्थापना र सहकार्यलाई सुदृढ पार्ने विश्वास व्यक्त गरे। उहाँले जिल्ला र प्रदेश स्तरिय बिबाद लाई पनि सस्थाले सहजिकरण गर्न सुझाब दिनुभएको थियो ।
सो कार्यक्रममा २ वटा नगरपालिका र १० वटा गाउँपालिकाले कायक्रममा उपस्थिती रहेको थियो ।
सभाध्यक्ष खत्रीले विवाद रूपान्तरणको क्षेत्रमा द्वन्द्व रूपान्तरण केन्द्र नेपालको भूमिका उच्च रहेको उल्लेख गर्दै जिल्लामा यस्ता कार्यक्रम सञ्चालन गर्न आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
१७ भाद्र २०८२, मंगलवार ०६:१५