क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम सम्पन्न


जनतापत्र, चौतारा ।
३ दिने तालिम क्षमता अभिबृद्धि अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
सप्रोस नेपालको आयोजनामा भएको उक्त तालिममा सिन्धुपाल्चोक जिल्लाका २२ जना व्यक्तिहरुको सहभागिता रहेको थियो । गत बुधबार देखि संचालन भएको उक्त तालिममा सहभागिहरुलाइ स्थानीय रुपमा अपाङ्गता अधिकारको क्षेत्रमा बहस पैरबी गर्न सक्ने र परर्निभर्ताको सोचवाट मुक्त भई स्वरोजगार बन्न सक्ने बनाएको आयोजकले जनाएको छ ।
अपाङ्गता भएका व्यक्ति तथा अभिभावकहरुको सहभागितामा उक्त तालिम
अष्ट्रेलियन एडको फ्रन्टमा सिबिएम ग्लोबलको आर्थिक सहयोगमा सप्रोस नेपालले अपाङ्गता भएका व्यक्तिहरुका लागि मर्यादित जिविकोपार्जन – सशक्तिकरण कार्यक्रम ( समानता) परियोजाना अन्तरगत संचालन भएको हो ।
परियोजना व्यवस्थापक महेश्वर ढकालले परियोजना सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका र बलेफी गाउँपालिकामा सञ्चालन भईरहेको जानकारी दिनुभयो ।

परियोजनाका व्यवस्थापक ढकालका अनुसार, चौतारा स्थित अरनिको रिसोर्टमा भएको तालिममा अपाङ्गता भएका व्यक्तिहरुको समूहमा आवद्ध अपाङ्गता भएका महिलाहरुका लगि सञ्चालित तालिम लक्ष्यअनुरुप नै सम्पन्न भएको छ ।
तालिममा अपाङ्गता क्षेत्रमा पैरबी गरिहेका अभियान्ताहरु दिपक अर्याल, बलराम शाह, सुशीला श्रेष्ठ र धन बहादुर तामाङले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, पहुँचयुक्तता, समाबेशी जिविकोपार्ज, समाबेशी शिक्षा, समुदायमा आधारित समाबेशी बिकास लगायत अन्य राज्यले प्रदान गरेको कानुनी व्यवस्थाहरुको बारेमा अभिमुखीकरण गरिएको हो ।
चौतारा नगरबाट प्रदान गर्दै आईरहेको सेवा सुबिधा र अधिकारको बिषयमा परियोजना लक्षित सवालहरुमा सहभागिहरुसंग चौतारा सँगाचोकगढी नगरपालिका उपप्रमुख सीता थापाले अन्तरक्रिया गनुभएको थियो ।

तालिम कै बिच भारतबाट सोही परियोजनाको अवस्थाबारे अध्ययन गर्न आएका प्रतिनिधीहरुले समेत आफ्ना अनुभवहरु आदनप्रदान गरेका थिए । तालिममा सप्रोसका दुवै पालिकाका कर्मचारीहरुले तालिम व्यवस्थापनमा खटीएका थिए ।

८ आश्विन २०८१, मंगलवार १२:०८