/*php the_title();*/?>


आइसिँ तामाङ,इन्द्रावती सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–७ मा रहेको श्री राजेश्वरी माध्यमिक विद्यालयले हिजो ६३औं वार्षिकोत्सव मनाएको छ। कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले विद्यालयले अरुको अनुकरण मात्र नगरी मौलिकता जोगाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले आत्मनिर्भर बनाउने शिक्षा नै वैदेशिक रोजगारीको विकल्प हुने बताउनुभयो। विशेष अतिथि गाउँपालिका अध्यक्ष जमकनाथ नेपालीले विद्यालय ऐतिहासिक शैक्षिक संस्था भएकाले अब गुणस्तरीय शिक्षामा उदाहरणीय बन्नुपर्ने धारणा राख्नुभयो। उहाँले भौतिक संरचना तयार भइसकेकाले शैक्षिक सुधारतर्फ ध्यान दिनुपर्ने समय आएको उल्लेख गर्नुभयो। वार्षिकोत्सवको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी तथा आन्तरिक र अन्तरविद्यालय प्रतियोगिताका विजेतालाई सम्मान गर्यो। यसैगरी एसईई र कक्षा ८ मा उच्च अंक ल्याउने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो। कलाकार ईश्वरी अधिकारीको प्रस्तुतिले कार्यक्रमलाई झनै मनोरञ्जनात्मक बनाएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, समाजसेवी र अभिभावकहरूको उपस्थिति थियो।
१९ भाद्र २०८२, बिहीबार २०:५१